राकेश यादव , २० श्रावण
आफ्नै श्रीमतीको हत्या गरी फरार भएका लोग्ने ४ वर्ष पछि पक्राउ परेका छन । छोरी जन्माएको र दाइजो नदिएको भन्दै २०७२ साल फागुन ७ गतेका श्रीमतीको हत्या गरी फरार भएका स्थानीय दुर्गा भगवती गाउँपालिका वड़ा नम्बर ४ बस्ने २३ वर्षीय श्याम प्रकाश मिश्रालाइ प्रहरी ले पक्राउ गरेको हो ।
भारत बिहार राज्य अन्तर्गत शिवहर जिल्ला पिप्रादी पुनरबासग्राम पंचायत बस्ने बर्ष ४६ को देबेन्द्र मिश्रकोजहेरीले बादी नेपाल सरकार प्रतिवादी श्याम प्रकाश मिश्र समेत ५ जना भएको कर्तब्य ज्यानमुद्धामा फरार रहेका श्याम प्रकाश मिश्रलेआफनै श्रीमती डोली मिश्रसंग जातिय रिती रिवाज अनुसार बिवाह भएको र विवाह भए देखी नै पटक पटक दुस्ख यातना दिदै आएकोमा सन्तानको रुपमा छोरीको जन्म भए पश्चात छोरी भएको र दाईजो कम ल्याएको निहुमा यातना दिदै आएकोमा मिति २०७२।११।०७ गते बिहानको अन्दाजी ०७.३० बजेको समयमा डोली मिश्रलाई निजको श्रीमान श्याम प्रकाश मिश्र, ,ससुरा खोभाडी मिश्र,सासु सुनैना देवी, देवर सुधिर मिश्र, नन्द निशा कुमारी मिश्र समेत मिली घाँटी थिची कर्तब्य गरी मारी आफुले गरेको घटनालाई ढाक छोप गर्नको लागी निज मृत्कको पेट दुख्ने क्रममा पानी मागी पानी खुवाउदा दुई पटक हिच्कीआई बेहोस भएकोमा तत्काल निजिकैको गाँउ घरकै डाक्टरलाई बोलाई चेक जाँच गर्दा डाक्टरले निजको मृत्यु भई सकेको भनी बहाना बनाएको भनी दिएको जाहेरीको आधारमा प्रहरीले मिश्रालाइ पक्राउ गरेको छ ।
समूहिक रुपमा कर्तव्य गरी मारी फरार रहेका प्रतिबादीहरु लाई यस जिल्ला प्रहरी कार्यालय रौतहटको ऋचष्mभ क्ष्लखभकतष्नबतष्यल त्भबm (ऋक्ष्त्) ले फरार अपराधी पक्राउ गर्ने बिशेष अभियान ऋयखभचत यउभचबतष्यल अर्न्तगत बिशेष सूचानाको आधारमानिज प्रतिवादीहरु मध्येको मृतकको श्रीमान श्याम प्रकाश मिश्र र ससुरा खोभारी मिश्रलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।