समाजवादी पार्टी नगर समिति राजदेवी रौतहटले आज देखि धरना कार्यक्रम शुरू गरेका छन ।
राजदेवी नगरपालिकामा भएको व्यापक अनियमित्तको छानविन हुनु पर्ने लगायतका २५ बुन्दे मांग राख्दै समाजवादी पार्टी नगर कार्य समितिले नगरपालिकाको परिसरमा आन्दोलनको पहिलो चरणको कार्यक्रम शुरू गरेको नगर अध्यक्ष रामेश्वर प्रसाद यादवले बताएका छन ।
विभिन्न मांग राख्दै बुझाइएको ज्ञापन पत्र अनुसारको मांग पूरा नगरेकोले आन्दोलन शुरू गरेको उनले जनाए । मांग पूरा नभए सम्म कार्यक्रम जारी रहने उनको भनाइ रहेको छ । पहिलो दिन ११ बजे देखि १ बजे सम्म धरना दिइएको छ ।
धरना कार्यक्रममा समाजवादी पार्टीका जिल्ला , नगर स्तरीय नेता कार्यकर्त्ताको उपस्थति रहेको थियो । ज्ञापन पत्र मार्फत माग गरिएको कागजपत्र उपलव्ध गराइएको नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत संजय पाण्डेले बताएका छन ।