९ फाल्गुन
विभिन्न कार्यक्रम गारी रौतहटमा पनि विश्व मातृभाषा दिवस मनाइएको छ । मातृभाषाको संरक्षण संवर्धनको लागि कार्य गर्दै आएका ग्रामीण शिक्षा विकास नेपाल रौतहटको आयोजनामा बज्जिका भाषा विकास समारोह संपन्न भएका छन ।
रौतहट , सर्लाहीमा बोलिने बज्जिका भाषाको मान्यता हुनु पर्ने सहभागीहरुले जोड़ दिएका छन । संघीय व्यवस्थामा स्थानीय भाषा ,सांस्कृतिक , धार्मिक , सामाजिक विकास गर्नु पर्ने स्थानीय सरकारको अधिकार दिइएकोले स्थानीय सरकारले मातृभाषा बज्जिका सरकारी कामकाजको लागि प्रयोग गर्नु पर्ने वक्तहरुको कथन रहेको थियो ।
रामा देवी यादवको अध्यक्षतामा भएको समारोहमा गरुडा नग्गरपालिकाका प्रमुख इन्नु राय यादवले आफ्नो नगरपालिकामा आधारभूत विद्यालयमा बज्जिका भाषामा अध्यन अध्यापन गराउने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छ । लोप हुदै गइरहेको सभ्यता , संस्कृति ,कला ,पहिरन , भेषभूषाको जगेर्ना गर्नु पर्ने समेत मेयर यादवले जोड़ दिए !
राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंहले आफ्नो मातृभाषाको सम्रक्षण गर्नु पर्ने बताए । उहाले बज्जिका भाषालाइ राष्ट्रिय भाषाको रुपमा मान्यता दिनु पर्ने धरना व्यक्त गरे । जन्म देखि नै बोलिने मातृ भाषाको लोप हुनु दुखद रहेको टिपण्णी गर्दै भाषा विकाशको लागि सवैले सकारात्मक पहल गर्नु पर्ने अपील गरे ।

कार्यक्रममा समाजवादी पार्टीका प्रदेश सदस्य ब्रिज यादव , पूर्व जिल्ला उपाध्यक्ष श्यामविहारी यादवले राष्ट्रिय जनगणनामा मातृ भाषाको रुपमा बज्जिका छनौट गरी आफ्नो भाषाको मान्यता दिलाउनु पर्ने आग्रह गरे । लोप भाई सकेको र लोपोन्मुख अवस्थामा रहेका सामग्री प्रदर्शनीको लागि कार्यक्रममा सजाइएका थिए ।
राजदेवी नगरपालिकाका भव्य रुपमा शिवशक्ति महायज्ञको आयोजना गरी सफलता हासिल गरेका युवा समाजसेवी भाई नविन कुमार सिंह र संजय सिंहलाइ दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । १०३ वर्ष पुरा गरेकी २ जना वृद्ध महिलालाई सम्मानित गर्नूको साथै विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई कार्यक्रममा सम्मानित गरिएको आयोजक सस्थाका कार्यकारी निर्देशक जय प्रकाश यादवले जानकारी दिएका छन ।
खुर्दक वाजा , डंका , सिंघा वाजा , जरजटिनको गित, होली गित प्रस्तुत गुिरएको थियो । निजि विधालयका वालवालिकाहरुले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको आयोजक संस्थाले जनाएको छ ।