४ श्रावण
रौतहट जिल्लाको दक्षिणी भेगका किसानहरु बाढ़ी आउने संकेतले चिन्तीत भएका छन । लालबकैया , बागमती नदी र झाझ खोलाको छेउमा रहेका गाउँका गरीव किसानहरु बाढ़ी आउने संकेत पाउने वित्तिकै धानवालीको सुरक्षाको विषय लिएर त्रसित हुने गर्छन ।
धान लगाउने समयमा बढ़ी क्षति बेहोर्नु परेका किसानहरु पीडि़त हुने गर्छन । मिहनेत र लगानी गरेर लगाएको बाली नाली बाढ़ी आएर क्षति पुर्याउने पीड़ा किसानहरुको रहेको । केहि दिन पहिला लगातार भएको वर्षाले आएको बाढ़ीबाट लगाएको सयौ विघा जग्गाको धानबली नस्ट गरिसकेको र बाँचेको बाली अव बाढ़ी आए समाप्त भएर जाने डर किसानको मन मस्तिष्कमा छाएको छ ।
गौर नगरपालिका , राजदेवी नगरपालिका , दुर्गा भगवती गाउँपालिका , परोहा नगरपालिका ,बौधिमाई नगरपालिका ,राजपुर नगरपालिका , गढ़ीमाई नगरपालिका , यमुनामाई गाउँपालिका ,ईशनाथ नगरपालिका ,देवाही गोनाही नगरपालिकाका अधिकांश जग्गा डुवानमा वर्षिणी पर्ने गरेको छ । गौर , राजदेवी ,राजपुर ,ईशनाथ ,दुर्गा भगवती गाउँपालिकाका आवादी हुने खेतीयोग्य जग्गा बढ़ी प्रभावित हुने गर्छन ।
भौगोलिक अवस्थाले पानीको निकास हुने गौर र राजदेवी नगरपालिकाको विच भाग भएकोले धानवाली नस्ट हुने गरेको स्थानियहरुले बताएका छन । भारतीय तटबंधको कारण पानी जम्मा हुने गर्छन र धानवाली गलेर नस्ट भएर जान्छन । कोरोना भाइरसको कारण भएको लकडाउनले वर्षात आउनु पहिला पम्पी सेटको सहायताले धानको रोपाई छिटै संपन्न भएको भए पनि बाढ़ीको कारण रोपिएको धानको साथै विउ पनि नस्ट भएको स्थानीय भिखारी यादवले बताए ।
घरको धान पनि मजदूरीमा गयो र खेतको बाली क्षति भयो अव धान रोपने चिन्ताले पिलोरी रहेको भने सरकारले सहयोग पनि गर्दैन किसान मार्कामा पर्छ । कहिले असीनाले बाली क्षति गर्छन भने कहिले बाढ़ीले , विउ मलखादको अभाव कायम रहदा भारतबाट ल्याउनु पर्ने बाध्यता रहेका छन । संघीय सरकार ,प्रदेश सरकार र स्थानीय सरकार किसान प्रति गम्भीर नहुँदा समस्या बेहोर्नु पर्ने बाध्यता रहेको छ । सदरमुकाम गौरबाट सहकारी सस्थान चन्द्रनिगाहपुर लगिए पछि दक्षिणी भेगका किसानलाइ मलखाद विउ ,औषधिको जटिलता भएको छ ।
कालाबाजारीको कारणले सीमावर्ती क्षेत्रका किसान भारतबाट प्रहरीको यातना सहेर पनि मलखाद , विउ विजन , कीटनाशक औषधि ल्याउन बाध्य भएकोले यस तर्फ सरकारले ध्यान दिनु पर्ने स्थानीय श्याम किशोर प्रसादले बताए ।
प्रदेश २ कृषिको मुख्य उत्पादन हुने प्रदेश भएको ले प्रदेश सरकारले बढ़ी ध्यान दिनु पर्ने सुझाव दिए । झाझ नदीमा रसायनयुक्त पनि छोड़ने गरेकोले बढ़ी बालीमा नोक्सानी हुने गरेको छ । मौसम विभाग पूर्वानुमान महाशखाले श्रावण ४ गते देखि ८ गते सम्म पनि पर्ने सचेतना गराएकोले बाढ़ी आउने शंकाले किसानहरुको धान वाली नबाच्ने चिन्ता लागेको छ ।
लालबकैया र बागमती नदीको बांधको मरमत तथा पानी निकासको प्रवन्ध गर्नु पर्ने एक मात्र विकल्प रहेको छ । बांध मरमत गरी सिचाईको सुविधा भए कृषिको उत्पादकत्वमा बृद्धि हुने र बाली संरक्षण हुने भएकोले संघ ,प्रदेश सरकारले नदी नियंत्रण प्रति ध्यान दिनु पर्ने जरुरी रहेको छ । किसानको हुने बालीनालीको क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने , सहज रुपमा मालखादको आपूर्ति समय मै सुलभ रुपमा पाउने व्यवस्था मिलाउनु पर्ने हुन्छ ।