रौतहट २३ कार्तिक
गौर नगरपालिका र ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धि कार्यक्रमको साझेदारिमा गौर स्थित जिल्ला प्रसाशन कार्यालयमा संचालित आप्रवासी स्रोत केन्द्रको बैठक आइतवार जिल्ला प्रसाशन कार्यालयको सभाहल गौरमा संपन्न भएको छ ।
बैदेशिक रोजगारीमा जानेहरुलाई रोजगारीको क्रममा हुन सकिने जोखिमबाट सुसूचित गराउनुको साथै स्थानीय ठाउमा उपलब्ध स्रोत साधन बारे जानकारी प्रदान गरी देशको युवाहरुलाई स्वदेश मै बसन अभिप्रेरित र बैदेशिक रोजगारिबाट प्राप्त बिप्रेसनलाइ उत्पादन मूलक क्षेत्रमा लगानी गर्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै देशको अर्थतन्त्रलाइ समुनात बनाउन सहयोग गर्ने उदेश्यले आप्रवासन स्रोत केन्द्रको मुख्य उदेश्य रहेको छ
आर्थिक वर्ष २०७६।०७७ मा संपन्न गरिएको क्रियाकलाप र आगामी वर्ष २०७७।०७८ को वार्षिक कार्य योजनाको बारेमा जानकारी गराउनुको ताथै न्य कार्ययोजनाको छलफलको लागि आयोजना गरिएको बैठकमा स्रोत केन्द्रका सुचना अधिकारी नीलू झाले कार्य प्रगति विवरण तथा कार्य योजना प्रस्तुत गरेका थिए ।
प्रतुत गरिएको कार्य प्रगति विबरणमा सुचना तथा परामर्श प्रदान २९२४ जनालाइ , केश व्यवस्थापन ६ , चौमासिक बैठक ३ ,अनुगमन २ पटक ,आउटकम मोनेटरिंग ११६ जनालाई सामुदायिक अभिमुखीकरण ९ बटा , रिटर्निग भएकाहरुको तथ्यांक संकलन २५० जनाको गरिएको छ ।
आर्थिक वर्ष २०७५।०७६ मा १३ महिला र ८२९ जना पुरुष गरी ८४२ जना २०७६।०७७ मा ८७ महिला २८३७ पुरुष गरी २९३४ समेत ३ हजार ७ सय ६६ जनालाइसुचना तथा परामर्श सम्बन्धी सेवा प्रदान गरिएको सुचना अधिकृत झा ले जानकारी गराइन ।
लैंगिक आधारमा ८७ महिला २८३७ गरी २९२४ , जातिगत आधारमा जनजाति १२२६ , मधेशी ४ दलित ४११ ,मुस्लिम ८२७ र अन्य ४५६ जनालाइ सेवा प्रवाह गरिएको छ । आप्रवासी स्रोत केन्द्र सुचना कक्षका सेवाग्राहीको संख्या १९२४ , राहदानी वितरण र सिफारिस भएको ५२८९ ,छुटेको व्यक्ति २३८९ समेटिएको प्रतिसत ५५ दशमलव ५३ रहेको प्रस्तुत गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
स्रोत केन्द्रबाट हुने केश व्यवस्थापनमा ठगी ६ ,केश डरता भएको ६ ,सफल भएको ३ र प्रक्रियामा रहेको संख्या ३ , मृत्यु अघिलो वर्ष १ जना को भएकोमा केश दर्ता भई सफल भएको , मेडिकलफेल अघिलो वर्ष १ रहेको छ भने यस वर्ष बंद भएको १ रहेको छ ।
हराएको संपर्कविहीन भएको संख्या १ , गन्ंतव्य मुलुकमा भएका अन्य समस्याका घटना १ वटा रहेको छ । देशगत भएको केश र लाभान्वितहरुको सांख्य ९ रहेको छ । साउदी आरवको २ तथा नेपालको संख्या ७ रहेको छ । केश दर्ता भई सफल पछि भएका क्षतिपूर्ति तथा राहत रकमको विबरण अनुसार ५ वटा केशमा एजेंटबाट ९ लाख ८१ हजार तथा मेनपावरबाट १ लाख १० हजार रकम गरी १० लाख ९१ हजार रुपैया प्राप्त भएको छ ।
बैदेशिक रोजगारमा जादा लागेको रकम अनुसार ५० हजार देखि १ लाख सम्म तिर्ने व्यक्तिको संख्या ५ , एक लाख देखि २ लाख सम्म तिर्नेको संख्या ५ तथा जानकारी प्राप्त नभएको १ गरी ११ रहेको छ । अधिकतम व्यक्तिहरु अदक्ष कामदारको रुपमा बैदेशिक रोजगारीमा जानू , बैदेशिक रोजगार संग सम्वन्धित सिप सिकने ठाउ जिल्ला भित्र उपलब्ध नहुनु समस्या र चुनौती रहेका छन ।
विदेश जाने व्यक्तिहरूको लागि सिप अनिवार्य गरेकोमा कड़ाई साथ पालना गराउनुपर्ने आवस्यकता रहेको समस्याका उपायहरु रहेको अधिकृत झाले बताए ।
बैदेशिक रोजगरिबाट का‘रोनको कारन फर्केका व्यक्तिहरूलाई संपर्क गर्दा धेरै समस्या भएको भन्दै सुचना अधिकारी झा ले भने कसैले गलत नम्बर दिने त कसैको श्रीमतीले फोन उठाएर गाली समेत गर्ने ठूलो समस्या रहेको छ ।
४ हजार जनालाइ परामर्श दिने लक्ष्य लिएपनि कोरोनाको कारन २९२४ जनालाइ मात्र परामर्श दिन सकेको बताउँदै झा ले यस बर्ष निदेशक रोजगारीबाट कोरोनाको कारन जागीर गुमाएर घर फर्केका व्यक्तिहरूलाई ख्याल गरी आगामी योजना निर्माण गर्नु पर्ने सुझाव दिएका छन ।
बैठकको सम्वोधन गर्दै गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले नेपाल कृषि प्रधान देश भएको र गौर नगरपालिकाको वरिपरि उर्वर भूमि रहेकोले बैज्ञानिक ढंगबाट कृषिमा लगानी गर्नका लागि गौर नगरपालिकाले चालू आर्थिक वर्षमा बजेट छुट्याएको बताए ! मेयर गुप्ताले बैदेशिक रोजगारी भन्दा बढि़ आए बैज्ञानिक ढंगबाट कृषिमा लगानी गरे हुने भएकोले युवाहरुलाई शिपको व्यवस्थापन गर्न तथा रोजगारी सृजना गर्न समृद्धि परियोजनालाइ आग्रह गर्नु भयो ।
बैठक प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , समृद्धि कार्यक्रम प्रदेश २ का कार्यक्रम संयोजक मोती गिरी , राष्ट्रिय अनुसन्धानका उपनिर्देशक , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ ,गौर नगरपालिकाका सुचना अधिकारी सरोजलाल दास , लेखा प्रमुख पवन महतो लगायताका सहभागी रहेका थिए ।