५ अषाढ
रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको सदर अस्पतालको अवस्था दैनिय हुदा पनि कुनै राजनीतिक दलका नेता , संघीय सरकारका मन्त्रि , प्रदेश सरकारका जिम्मेवार मन्त्रि तथा जिल्लाका सचेत नागरिक समाज केहि प्रतिक्रिया देखाउन सकेका छैन ।
आर्थिक समस्या भएका व्यक्ति , गरिव ,दलित ,विपन्न बर्ग समुदायलाइ सहज रुपमा स्तरीय स्वास्थ्य सेवा पाउने आशाका केन्द्र विन्दु रहेका गौर अस्पतालमा कार्यरत रहेका स्थानीय कर्मचारीहरुको कारण अस्पतालको दुर्दासा हुदा पनि कोहि कसैले सुधारको विषयमा दरो अवाज उठाउन नसक्दा अस्पतालको कर्मचारीको मनोबल बढ्नुको कारण मानिसको स्वास्थ्य संग खेलवाड र आर्थिक अनियमितता मौलाउदै गएका हुन् ।
गौरका स्थानीयबासी , स्थानीय नागरिक समाजका अगुवा चुप लगेर बसेको कारण जिल्ला अस्पताल प्रति जनताको उपचारको अविश्वास बढेको छ । कोरोना भाइरसको पहिलो सकिए पश्चात आएको दोस्रो लहर अन्तिम चरणमा रहेको अवस्थामा पनि अस्पतालको अवस्था सुधार हुन् सकेको छैन ।
गौर अस्पतालका जिम्मेवारी सम्हालेका गौर नगरपालिका वडा नम्बर ६ निवासी डाक्टर कृष्णा साहको कारण अस्पतालको अवस्था झन् बिग्रिएको छ । पहिलो लहरमा स्थानीयको उपचारमा सहयोग पुग्ने उदेश्यले प्रदेश सरकारले उपलव्ध गराएको भेन्टिलेट मेसिन दोस्रो लहर सकिन लाग्दामा संचालन गराउन नसक्ने मेडिकल सुप्रिटेनडेन्ट डाक्टर कृष्णा साह माथि कार्यवाही गर्न कसैले आवाज उठाउन नसक्नु ठुलो विडम्बना रहेको छ ।
पहिलो चरणमा प्रदेश सरकारले कोभिड अस्पताल व्यवस्थापन संचालनको लागि पठाएको रकम , औषधि खरिद गर्न पठाएको रकम , आइसीयु र भेन्टिलेटर तथा पिसिआर लैव व्यवस्थापनको लागि आएको रकम , संघीय सरकारले दिएको रकमको लेखाजोखा अहिले सम्म सार्वजनिक नगरेका मेसु डाक्टर साहको कारण अस्पतालको दुर्दासा भएको अस्पताल व्यवस्थापन तथा संचालन समितिका सदस्य ओम प्रकाश साह मधेशियाले आरोप लगाएका छन् ।
पुर्व राष्ट्रिय जनता पार्टी नेपालका विद्यार्थी नेता समेत रहेका मधेशियाले गत बर्ष आर्थिक प्रलोभनका कारण करोडौ रकम फ्रिज गरेका डाक्टर साहले यस वर्षको रकम फ्रिज गराउने सड्यन्त्र गरिरहेको दावी गरेका छन् । व्यवस्थापन समितिले जनताको स्वास्थ्य सेवा स्तरीय बनाउन दिएको रकमको खर्च विवरण माग गर्दा पनि डाक्टर साह ले सार्वजनिक गर्न आनाकानी गरिरहेको आरोप लगाएका हुन् ।
कोरोना महामारी नियन्त्रण गर्नका लागि तथा परिक्षणको निमित स्थानीय तहहरुले दिएको करिव ७५ लाख रुपैयाको हिसाव सार्वजनिक नगरेका डाक्टर साहले ठुलो आर्थिक अनियमितता गरेकोले छानविन गर्न प्रदेश सरकार लगायत अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत सित आग्रह गरेका छन् ।
औषधि खरिद प्रक्रिया , कर्मचारी भर्ना , उपकरण खरिद लगायतका विभिन्न शिर्षकमा आएको रकम अस्पतालका अन्य कर्मचारी सित मिलोमतो गरि डाक्टर साहले अनियमितता गरेको उहाको भनाइ रहेको छ । कोरोना भाइरसको संक्रमण परिक्षणको लागि प्रदेश सरकारले दिएको किट स्टोरमा थन्काएर राखिएको र त्यसको अवधि समाप्त हुन् लागेको उनले बताए ।
गएको बैशाख महिनामा बढेको कोरोना भाइरसको दोस्रो संक्रमणको लहरबाट मानिसको जीवन जोगाउन प्रदेश सरकारले अक्सिजन प्लान्टको स्थापनाको लागि ५० लाख रुपैया पठाए पनि अहिले सम्म अक्सिजन प्लान्ट स्थापना गर्न सकिएको छैन ।
लैव व्यवस्थापन औषधि खरिद ,स्वास्थ्य सामग्री व्यवस्थापन गर्न संघीय सरकार तथा प्रदेश सरकारले रकम पठाए पनि त्यसको सदुपयोग गर्न असक्षम भएका डाक्टर साहलाइ सरुवा गर्नु पर्ने जोड युवा नेता मधेशियाको रहेको छ ।
प्रदेश सरकारका सामाजिक मन्त्रालयका उपसचिव ठुलो बाबु दाहालले प्रदेश सरकारले अक्सिजन प्लान्ट व्यवस्थापन र लैव संचालनको लागि पहिला नै रकम पठाएको बताउनु भएको छ ।
सामाजिक विकास मन्त्रि नवल किशोर साहले जिल्ला अस्पतालको मेसुले कम राम्रो गरेको छैन भने निगरानी गर्ने स्थानीयको दायित्व पनि भएको प्रतिक्रिया दिएका छन् ।
जिल्ला अस्पतालहरुको पटक पटक अनुगमन निरीक्षण गर्दै आएका भन्दै मन्त्रि साहले मेसु हरुको कार्यको सम्वन्धमा लिपिवद्ध गर्दै आएको जानकारी दिए । मिडियाकर्मीहरुले अस्पतालको सुधारको विषयमा आवाज उठाउनु पर्ने जोड दिए ।
प्रदेश सरकारले स्वास्थ्यको सुधारको लागि कार्य गर्दै आएको दावी गर्दै मन्त्रि साहले गलत कार्य गर्ने माथि कार्यवाही गरिने चेतावनी समेत दिए । गौर अस्पतालको विषयमा जनकपुर टुडे दैनिकमा समाचार प्रकाशित भएको हेर्न नसक्ने मन्त्रि साहले मिडिया र स्थानीयलाइ अनुगमन दवाव सृजना गर्नु पर्ने भन्दै आफ्नो दायित्वबाट पन्छिन खोजेका हुन् ।
मधेश आन्दोलन पछि गठन भएका प्रादेशिक सरकारबाट जनताले राम्रो विकासको अनुभूति हुन् सक्ने गरिएको अपेक्षा प्रदेश सरकारले पुरा गर्न सकेको छैन । मधेशी दलका नेतृत्वको प्रदेश २ सरकारका सामाजिक मन्त्रालय , भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सवै भन्दा बढी आलोचनाका शिकार भएका छन् । आफ्नो कार्यकर्ता मुखी कार्य गर्दै आएका मन्त्रिहरुको कारण प्रदेश सरकार आलोचित हुन् पुगेको हो ।
जिल्ला अस्पताल गौरमा कार्यरत रहेका स्थानीय कर्मचारीहरुलाई जिल्लांतर सरुवा गरेर दक्ष कर्मचारी व्यवस्थापन गर्नु पर्ने माग विभिन्न संचार मध्यमबाट बेला बेलामा उठाईए पनि त्यस प्रति जिम्मेवार निकायले अहिले सम्म सक्रियता देखाउन सकेका छैन ।
बाहिरबाट आउने विशेषज्ञ डाक्टर कमर्चारीलाइ विभिन्न झाल्झेल गरि लखेटिने परिपाटी बसेको गौर अस्पतालमा स्थानीय कर्मचारीलाइ अन्य जिल्ला सरुवा गर्नु नै एक मात्र विकल्प रहेको स्थानीयबासीको निष्कर्ष रहेको छ ।
अस्पतालका स्टोर हेर्ने राम आस्रे मुखिया बर्षौ देखि एउटा खम्बाको जस्तो खुट्टा जमाएर बसेका छन् भने लेखा फाट हेर्ने कर्मचारी पनि स्थानीय नै रहेको छ ।
राजनीतिक दल संग साठ गाठ राखेका स्थानीय कर्मचारीले सरुवा गरिएपनि रोजेको ठाउमा बस्न सकिने अहमता राखेका छन् । जिल्ला अस्पताललाइ सुव्यवस्थित राख्नको लागि एक पटक सामुहिक सरुवा गर्नु पर्ने जरुरि रहेको हुदा सम्वन्धित निकायले यस प्रति गम्भीर भै नागरिकको स्वास्थ्यको सुरक्षा गरिनु पर्दछ ।