५ साउन
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाका एक सय भन्दा बढी नेता कार्यकर्ताहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेका छन् ।
लोसपाका गौर नगरपालिकाका नगर कमिटिका सम्पूर्ण पदाधिकारी सदस्यहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेका हुन् । गौर नगरपालिका पछि राजदेवी , यमुनामाइ गाउपलिका , दुर्गा भगवती गाउपालिका , माधव नारायण नगरपालिकाका लोसपाका कार्यकर्ताहरु पनि पार्टी परित्याग गर्ने भएका छन् ।
गौर स्थित होटेल सिया पैलेसमा पत्रकार सम्मेलनको आयोजना गरेर लोसपाका नेता कार्यकर्ताहरुले औपचारिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
२०७४ सालमा संघीय सांसदमा निर्वाचित भएका पार्टीका केन्द्रिय अध्यक्ष अनिल कुमार झा र प्रदेश सांसदमा निर्वाचित भएका बाबुलाल साह कानुले गएको स्थानीय तहको निर्वाचनमा असहयोगी भूमिका निर्वाह गरेको भन्दै पार्टीका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेको गौर नगरपालिका वडा नम्बर ३ का पुर्व वडा अध्यक्ष श्याम सुन्दर गुप्ताले दावी गरेका छन् ।
पार्टी परित्याग गर्नेमा गौर नगरपालिकाका पुर्व नगर प्रमुख अजय कुमार गुप्ता , उपप्रमुखका प्रत्यासी उषा झा , वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष राम स्वार्थ यादव , वडा नम्बर ९ का पुर्व वडा अध्यक्ष राजेश सिंह भने मोहन सिंह ,वडा सदस्य भैरो महतो , बैजनाथ महतो लगायत १५० जना रहेको छ ।
गएको स्थानीय तहको निर्वाचनमा लोसपाबाट उम्मेदवार भएकाहरुलाई पार्टीबाट निर्वाचित संघीय सांसद र प्रदेश सांसदले प्रतिपक्षको भूमिका निर्वाह गरेको आरोप पार्टी कार्यकर्ताहरुको रहेको छ ।
पार्टीबाट निर्वाचित प्रदेश सांसद बाबुलाल साहले नेकपा एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुख पद मा उम्मेदवार भएका भतिजो शम्भु साहलाइ तथा दुर्गा भगवती गाउपालिकामा अध्यक्षको उम्मेदवार भएका नेकपा माओवादी केन्द्रका शम्भु सिंहलाइ अप्रत्यक्ष रुपमा संघीय सांसद अनिल झाले सहयोग गरेको कारण पार्टीको उम्मेदवारहरू पराजित भएको नेताहरुको भनाइ रहेको छ ।
मधेश आन्दोलनमा अनुकरणीय भूमिका निर्वाह गरेका पुर्व मेयर गुप्ताले पार्टी परित्याग गरे पछि रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट लोसपाको अस्तित्व समाप्त हुने अवस्था आएको छ ।
पुर्व वडा अध्यक्ष पटेलले अहिले कुन पार्टीमा प्रवेश गर्ने भनि निर्णय नभएको दावी गरेपनि लोसपाबाट पार्टी परित्याग गर्ने नेता तथा कार्यकर्ताहरु श्रावन २३ गते नेकपा एमालेमा प्रवेश गर्न सकिने सम्भावना रहेको छ ।
नेकपा एस बाट पार्टी अध्यक्ष पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने तय भएपछी ओली नेतृत्वका नेकपा एमालेले माधव नेपाललाइ पराजित गर्न पूर्ण रुपमा तयारी गर्न लागिएको बुझिएको छ ।
२०७० को दोस्रो संविधान सभाको निर्वाचनमा अजय गुप्ता बाट ३३८ मतले जितेका नेपाललाइ यस पालिको निर्वाचनमा ठुलो चुनौती हुने विश्लेषण गर्न थालिएको छ ।
गौर नगरपालिकामा नेकपा यसको नगर प्रमुख शम्भु साह निर्वाचित भएपनि साह को कार्य शैलीले स्थानीयहरु असन्तुस्ट हुदै गएकोले आगामी निर्वाचनमा माधव नेपालको पक्षमा मत संख्यामा कमि आउन सकिने अनुमान गर्न थालिएको छ ।
पछिलो समय मेयर शाहको गतिविधि देखेर स्थानीयहरु दुखित हुन् थालेका हुन् भने माधव नेपाल र अजय गुप्ता विच आगामी निर्वाचनमा कडा प्रतिस्पर्धा हुने आकलन गर्न थालिएको छ ।