१८ कार्तिक
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमंत्री माधव कुमार नेपालले एमाले अध्यक्ष ओली देखि अहिले पनि खतरा रहेको बताएका छन ।
मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार भएका अध्यक्ष नेपालले चुनावी प्रचार प्रसारको क्रममा शुक्रवार रौतहटको पचरुखीमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै आफुले बनाएको एमाले पार्टीलाई कव्जा गरेर नक्क्ली पुर्जा बनाएको बताए ।
पुष्पलालले बनाएको एमाले केशरजंगले कव्जा गरेको उदहारण दिदै नेता नेपालले आफुले बनाएको एमाले उनले बलपूर्वक कव्जा गरेको उल्लेख गरे । उनले भने जग्गा कसैको पुर्जा कसैले लिएर घुम्दै छ ।
मुलुकमा आन्दोलनको जगमा प्राप्त भएको उपलब्धिलाइ समाप्त पार्ने उदेश्यले दुइ पटक संसद भंग गरेर ओली ले तानाशाही प्रबृति देखाएकोले त्यसको विरुद्धमा ५ दलीय गठवन्धन बनाउनु परेको उल्लेख गर्दै अध्यक्ष नेपालले मुलुकलाइ जोगाउन गठवन्धनको आवश्यकता रहेको जिकिर गरे ।
नेकपा एमालेले राजाको हिमायती गर्नेलाइ उम्मेदवार बनाएकोले लोकतंत्र , संघीयता र गणतंत्र माथि अहिले पनि खतरा रहेको दावी गर्दै सचेत भएर गठवन्धनका उम्मेदवारलाइ मतदान गर्न आग्रह गरे ।
रौतहट जिल्लामा आफुले विकास गरे पनि विपक्षीले नकारात्मक भ्रम फैलाउदै आएको बताए । उनले बागमती नदीको बांध , फलामको ५ वटा पुल , गौर चन्द्रनिगाहपुर सड़क , विद्यालय भवन , सामुदायिक भवन लगायत का विकास निर्माण गरेको ठोकुवा गरे ।
ओलीको गठवन्धन प्रति लक्षित गर्दै नामको कम्युनिस्ट पार्टी भएपनि कामको कमाऊनिस्ट पार्टी रहेको टिपण्णी गरे । अध्यक्ष नेपालले एमाले लुटेरा पार्टी भएको संज्ञा दिदै देशलाई बर्बाद हुनबाट जोगाउन गठवन्धनको सरकार एक मात्र विकल्प रहेको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका कृष्णा यादवले नेपाल जल स्रोतको धनि भएकोले पानीको उपयोग भए देश समृद्ध हुने बताए । १० हजार मेगावाट विजुली उत्पादन गर्न सफल भएमा नेपाल आत्म निर्भर हुन सकिने उहाको कथन रहेको छ ।
बेरोजगारीको कारण युवाहरुलाई विदेशमा जवानी विताउनु पर्ने बाध्यता रहेकोले गठवन्धनको सरकार भएमा सो समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
कांग्रेसका मधेश प्रदेश सभापति समेत रहेका यादवले माधव नेपाल प्रधानमंत्री तथा आफु मधेश प्रदेश सरकारका मुख्यमंत्रीको दावेदारी दिन सकिने बताए ।
उनले भने माधव नेपाल जीते प्रधानमंत्री र आफु जीते मुख्य मंत्रीको दावेदारी गर्न सकिने छू । यो एउटा जिल्ला को लागि सुनौलो अवसर पनि हो ।
रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एमालेबाट पूर्व नगर प्रमुख अजय कुमार गुप्ता प्रतिनिधि सभाका उम्मेदवार रहेका छन । २०७० सालमा ३३८ मतबाट नेपाल निर्वाचित भएका थिए ।
२०७० मा कडा टक्कर दिएका गुप्ता यसपाली पनि आमने सामने छन । गुप्ताको पक्षमा जनमत बलियो रहेकोले संघर्ष कडा हुने विश्लेषण भैरहेको छ ।