रौतहट १८ कार्तिक
नेकपा एमालेका रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार अजय कुमार गुप्ताले क्षेत्रको विकास गर्नको लागि आफ्नो उम्मेदवारी दिएको बताएका छन ।
निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ख को छतौनामा घरदैलो गर्ने क्रममा पत्रकारहरु सीत कुरा गर्दै गुप्ताले रौतहट क्षेत्र नम्बर १ विकासको सबालमा पछि भएको बताए । गाउ गाउमा कार्यकर्त्ता तथा मतदाताहरुबाट भेट्ने क्रममा विकासका मुद्दा बाहिर आएको बताए ।
क्षेत्रबाट २ पटक निर्वाचित भएर प्रधानमंत्री समेत बनेका माधव कुमार नेपालले जनताको चाहना अनुरूप विकास गर्न नसकेको आरोप लगाए । २०७४ सालमा निर्वाचित भएका तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका अनिल कुमार झा ले समेत केहि गर्न नसकेको स्थानीयहरुको गुनासो समेत रहेको गुप्ताले बताए ।
अनिल झा निर्वाचित भएपछि आफ्नो स्वार्थ पूरा गर्न मात्र काम गरेकोले क्षेत्र को जनता आफ्नो पक्षमा मतदान गर्न आतुर रहेको दावी गरे ।
शिक्षा , स्वास्थ्य . पर्यटन र पूर्वाधारको विकास साथै कृषि ,सिचाई मूल एजेंडा रहेको गुप्ताको भनाइ रहेको छ । विकास निर्माणको लागि मतदाताले आफुलाई नै निर्वाचित गराउनेमा पूर्ण विश्वस्त रहेको बताए ।