रौतहट १८ कार्तिक
रौतहट जिल्लामा विभिन्न राजनितिक दल तथा स्वतंत्र उम्मेदवारहरुले खुलेयाम निर्वाचन अचार संहिताको धज्जिया उड़ाई रहेका छन ।
निर्वाचन आचार संहिताले प्रतिवंध गरेका कार्य गरेर उम्मेदवारहरुले उलंघन गरी रहेका हुन । निर्वाचन आचार संहिता उलंघन गरी रहदा अनुगमनको जिम्मा पाएका अनुगमन समितिले मौनता साधेको कारण आचार संहिता उलंघनको घटना दिन प्रति दिन बढ्दै गएको हो ।
राजनितिक दलका शीर्ष नेताहरुले आफुले बनाएको निर्वाचन आचार संहिताको आफै उलंघन गरी रहेका हुन । बहुरंगी पोस्टर , सार्वजनिक स्थलमा पम्पलेट , टोपी , गमछा , स्टिकर , डीजे ,विदेशी सवारी साधन प्रयोग गर्नमा निर्वाचन आचार संहिताले प्रतिबन्ध लगाएको छ ।
रौतहट जिल्लामा सार्वजनिक स्थलमा ठुल ठुल्ला बहुरंगी फ्लैस प्रिंटको बैनर , मठ , मंदिर , चौक , बाटो , सरकारी कार्यालय , विद्यालयको भवन ,वाल , विजुलीको पोलमा बैनर पोस्टर छ्याप छ्यापी लगाईंको अवस्था मा पनि निगरानी गर्ने समितिले कुनै चासो देखाएका छैन ।
विजुलीको पोलमा लगाइएको झण्डाले रंगविरंगी देखिने गरेको छ । विदेशी गाडी व्यापक रुपमा प्रयोग भई रहेको छ । ७१ जना भनिए पनि सयौ जना कार्यक्रमहरुमा सहभागी भईरहेको देखिएको छ ।
मङ्सिर ४ मा हुन गई रहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाइ स्वच्छ निष्पक्ष भए रहित बातावरणमा संपन्न गराउने उदेश्यले निर्वाचन आयोग नेपालले दलहरुको सहमतिमा पालना गर्नका लागि निर्वाचन आचार संहिता २०७९ जारी गरेको छ र त्यसको अनुगमनको जिम्मेवारी सम्वन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियंत्रक कार्यालयका प्रमुखलाइ तोकिएको छ ।
निर्वाचन आयोग नेपालले दिएको जिम्मेवारी रौतहटमा पूर्ण रुपमा पालना नभएको देखिएको हो अनुगमन समिति पूर्ण निष्क्रिय अवस्थामा रहेको स्थानीयहरुले टिपण्णी गरेका छन । निर्वाचन आचार संहिता पूर्ण रुपमा कार्यान्वयन गराउनका लागि अनुगमन समितिलाइ सक्रीय हुन स्थानियहरुको सुझाव रहेको छ ।