कार्तिक २६ रौतहट
नेपाल पत्रकर महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिता बलियो भए मात्र लोकतन्त्र र समाजको विकास संभव हुने बताएका छन् ।
रौतहट जिल्लाको दुर्गा भगवती गाउपालिकाको वड़ा नम्बर ३ मत्सरीमा आयोजना गरिएको नेपाल पत्रकार महासंघ रौतहट शाखाको १२ औ साधारण सभाको उदघाटन सत्रमा सम्वोधन गर्दै केन्द्रीय अध्यक्ष पोखरेलले प्रेस स्वतंत्रता माथि अंकुश लगाउने कार्य भएमा सहन हुन नसकिने चेतावनी समेत दिए ।
आसन्न निर्वाचनमा महत्त्व पूर्ण भूमिका खेल्ने अवस्था पत्रकारहरुको आएकोले कुनै राजनितिक दलका भावनामा नबगेर लोकतन्त्रको स्थायित्वको लागि कलम चलाउन आग्रह गरे ।
निर्वाचनको स्वच्छता , निष्पक्षता र मतदाता को स्वतंत्र रुपमा मतदान स्थल सम्म पुग्ने बातावरणको सहजताको बाटो निर्माणमा भूमिका निर्वाह गर्न तटस्थ रुपमा कलम चलाउन उहाले संचारकर्मीहरुलाई अपील गरे ।
अध्यक्ष पोखरेलले संचारकर्मीहरुको व्यावसायिक पत्रकारिताको लागि निष्पक्ष रुपमा कलम चलाउन आवश्यक भएको जोड़ दिदै कसैको लोभमा नपर्न सुझाव दिए ।
नेपाल पत्रकार महासंघ सधै पत्रकारको हकÞ हितमा काम गर्दै आएको र भविष्यमा श्रमजीवी ऐन कार्यान्वयनको लागि संवाद सहकार्य र दवाव मूलक कार्यक्रम गर्दै आएको जानकारी दिए ।
विकास निर्माणमा मीडियाको भूमिका हुनु पर्ने जोड़ दिदै अध्यक्ष पोखरेलले पारदर्शिता कायम गर्न विकासको चक्रमा मीडियालाइ सहभागिता गराउनु पर्ने बताए । प्रेस स्वतंत्रता र श्रमको झण्डा कहिलै पनि झुक्न नदिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बाल कृष्ण बस्नेतले निर्वाचनलाइ सफल बनाउन निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचार संहिता विपरीत कुनै कार्य नगर्न रौतहटका संचारकर्मीलाइ आग्रह गरे ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सचिव गोविन्द चौलागाईले रौतहटको पत्रकारिता पेशलाई मर्यादित बनाउनु पर्ने आवश्य्कता माथि जोड़ दिए । उहाले जिल्लामा रहेका क्रियाशील पत्रकारहरुलाइ समेत समावेश गरेर अघि बढ्नु पर्ने सुझाव दिए ।
एकतामा बल हुने भएकोले सवै जाना मिलेर समाज परिवर्तन तथा लोकतन्त्रको जग बलियो पर्ने भूमिका निर्वाह गर्न जरुरी रहेको बताए !
रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झको सभापतित्वमा भएको उदघाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य किसी लामिछाने , शिव पूरी , मधेश प्रदेश समितिको महासचिव श्याम बंजारा , रौतहट जिल्ला का प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही , जिल्ला समन्वय समितिका अध्यक्ष राम आयोध्या राय यादव , दुर्गा भगवती गाउपालिकाका अध्यक्ष शम्भू सिंह , नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टक क्षेत्री , रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जैसवाल, ३ नम्बर वड़ाका वड़ा अध्यक्ष धर्मेन्द्र कुमार झाले आ आफ्नो शुभकामना मंतव्य राखेका थिए ।