राकेश यादव , ५ भाद्र
रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ९ का दलित समुदायका १०० जना राहतबाट वंचित भएका छन ।
असल छिमेकी नेपाल पोखराले वितरण गर्न भनिएका १०० घर परिवारको राहत सामग्री वड़ा अध्यक्षको कारण वितरण हुन नसक्दा नुनिया , महारा ,ठाकुर समुदायका व्यक्तिहरु बंचित भएका हुन । समाजवादी पार्टी नेपालका निर्वा्चित वड़ा अध्यक्ष पुलिन्दर दासका अवरोधको कारण उक्त समुदायका बाढ़ी पीडि़त परिवारलाइ राहत सामग्री वितरण गर्न सकिएको छैन ।
३५० घर परिवारको लागि राहत सामग्री लिएर आएका उक्त सस्थाले भाद्र तीन गते नगर प्रमुख धीरेन्द्र कुमार सिंहको रोहवरमा २५० जनालाइ १५ किसिमका खाद्यान , लुगा कपडा ,सहितका सामान वितरण गरिएको थियो । गाउको पछिम तर्फ बसोवास रहेको सो समुदायको पीडि़तहरुलाई पहिलो दिन समयले नभ्याएको कारण भोलीपल्ट बुधवार बाकि राहत वितरण गर्ने संस्थाले आस्वाशन दिएका थिए ।
राहत वितरण गर्नु पूर्व जिल्ला विपद व्यवस्थापन समितिको अनुमति र सम्वन्धित वड़ा कार्यालयको सिफारिश लिनु पर्ने व्यवस्था रहेकोले सोही अनुसार प्रक्रिया पुर्याई राहत सामग्री पहिलो दिन वितरण गरिएको थियो । बाकी रहेका १०० घर परिवारको नामावली प्रमाणित गर्न वड़ा अध्यक्ष दासलाइ भन्दा आफ्नो पार्टीको समर्थकको सहभागी गराउनु पर्ने अड़ान लिएको कारण बाकी राहत वितरण गर्न नसकिएको बुझिएको छ ।
स्थानीय युवा समाजसेवी नविन कुमार सिंहको विशेष पहलमा सामाजिक अभियंता प्रकाश थारूले सो राहत सामग्री वितरण गर्न सस्थालाइ आग्रह गरी ब्रह्मपुरीमा ल्याएको थियो । तर राजनीतिकरण भएकोले गरीव ,दलित ,पिछडिएका वर्ग राहतबाट बंचित हुन पुगेको हो ।
एउटै गाउको नगर प्रमुख ,उपप्रमुख रहेका छन भने पार्टी फरक फरक रहेका छन । मेयर कांग्रेसका तथा उपमेयर र वड़ा अध्यक्ष समाजवादी पार्टीका रहेका छन । पदको नशामा रहेका वड़ा अध्यक्ष दासले आफ्नो स्वजातिलाइ पहिलो दिन नै राहत दिन लगाएको तथा अरु जातिका पीडि़तको वारी आउदा विबाद सृजना गरेको पाइएको छ ।
बाढ़ीबाट प्रभावितलाइ सहयोग गर्नु पर्नेमा वड़ा अध्यक्षले असहयोग गरेकोले दुःख लागेको सामाजिक अभियंता नविन सिंहको भनाइ रहेको छ । राहतको विषयमा राजनितिक गर्नु निन्दनीय कार्य रहेको मेयर धीरेन्द्र सिंहले बताएका छन । मेयर सिंहले बाकी परिवारलाइ राहत दिनको लागि सस्थालाइ आग्रह गर्ने बताएका छन । पहिलो दिन शान्तिपूर्वक राहत वितरण भएको थियो ।
बाकी पीडि़तहरुले राहत सामग्री पाउने आशा गरे पनि सो आशा जनप्रतिनिधिले निराशामा परिणत गरिदिएको छ । स्थानीय राधेश्याम महतोले पीडि़तहरुलाई निर्वा्चित वड़ा अध्यक्ष दासले झन पीड़ा दिएको टिपण्णी गरेका छन ।