रौतहट । असार ८ । रौतहटमा दुर्गा मन्दिरको लागि आवश्यक पर्ने जग्गा स्थानियले दान गरेका हुन ।
रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ४ पचरुखीमा अवस्थित माता दुर्गाको मन्दिरको आवश्यक पाकशाला लगायतका संरचना निर्माणका लागि जग्गा दान गरिएको हो ।
दुर्गाभगवती गाउँपालिका वडा नम्बर ४ निवासी मैथिल ब्राश्मण महासभा रौतहटका सल्लाहकार तथा समाजसेवी दामोदर मिश्रले आफ्‌नो बहुमुल्य पर्ने जग्गा मन्दिरको लागि दान गर्नु भएका छन् ।
स्थानिय मिश्रले मन्दिर नजिकै रहेको ३ धुर भन्दा बढी जग्गा मन्दिरलाई दानमा उपलब्ध गराउनु भएको स्थानिय सुरज मिश्राले जानकारी दिनु भयो ।
मन्दिरको लागि आवश्यक संरचना निर्माणको लागि आवश्यक जग्गा उपलब्ध भएको अब त्यसमा आवश्यक संचरनाहरु निर्माण गरिने छ ।
मन्दिरमै एक कार्यक्रमको आयोजना गरि दुर्गा मन्दिर पचरुखीका अध्यक्ष मुनचुन मिश्र, दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका वडाअध्यक्ष धर्मेन्द्र झा तथा वडा नम्बर ४ का वडाअध्यक्ष रमानन्द प्रसाद यादबले संयुक्त रुपमा जग्गादातालाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै वडाध्यक्ष डि.के झाले अहिलेको युगमा पनि दान गर्ने व्यक्ति अति ठूलो मनका भएको जिकिर गर्दै ठुलो हृदय भएका व्यक्तीले नै यसरी दान गर्न सक्छ भन्दै  जग्गादाता मिश्रको सराहना गर्नु भयो ।
त्यही कार्याक्रममा बोल्दै वडाअध्यक्ष रमानन्द यादबले  मानिसहरूसँग सम्पति भएर मात्र नहुने भन्दै दान दिनको लागि ठुलो  मनको आवश्यकता रहेकोमा मिश्रले गर्नु भएको योग्दानलाई नयाँ पुस्ताले हमेसा सम्झिने बताउनु भयो ।
जग्गा प्राप्त भइ सकेको छ अब त्यसमा मन्दिरको लागि अवश्यक संरचनाको काम सुरु गरिने दुर्गा मन्दिर पचरुखीका अध्यक्ष मुनचुन मिश्रले बताउनु भयो ।
मन्दिरलाइ जग्गा दान दिए पछि जग्गादाता मिश्रको चौतर्फी सरहाना भईरहेको छ ।