राकेश यादव , ९ बैशाख
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं.४ वसतपुरका स्थानियहरुले नगरपालिकाका उपप्रमुख अंशु सिहंले नगरपालिकाको वदनाम गराउने उदेश्यले वाहिरवाट खराव चामल ल्याएर समाजिक संजालमा सार्वजनिक गरेको बताएका छन ।
उपप्रमुख सिहंको लोग्ने पुर्व सभासद बवन सिहंले नगरपालिकाले कुहिएको चामल राहतमा वितरण गरेको भिडियो समाजिक संजाल फेसबुकमा सार्वजनिक गरेपछि स्थलगत अनुगमन निरिक्षण गर्न गएका नगर प्रमुख धिरेन्द्र कुमार सिहं समक्ष गाउलेहरुले यस्तो प्रतिकृया दिएको हो ।
नगर कार्यपालिका सदस्य शिवदुलारी देवीले नगरकार्यपालिकाको निर्णय अनुसार राहत समाग्री वितरण गरिएको दावी गरेको छ । वहाले उपमेयरले नगरपालिकाको बदनाम गर्ने सडयन्त्र गरेको खुलासा समेत गरे । राहतमा सडेको चामल वितरण गरेको कुरो गलत र अफवाह मात्र रहेको ठोकुवा गरे ।
राहत वितरण भएको एक हप्ता पछि योजना बनाएर घरमा भएको अखाध्य समाग्री मिसिएको चामल ल्याएर भिडियो बनाइ सार्वजनिक गरेको समेत स्पष्ट पारे । स्थानिय जयमंगल पटेलले राहत वितरणमा कुनै किसिमको गडबडी नभएको बताए । राहत स्वरुप वितरण गरिएको २५ किलो चामल , ३ किलो दाल , २ लिटर खानेतेल , २ किलो चिनी , २ किलो नुन र ४ पिस सावुन वितरण गरिएको र त्यो पनि पाउनेले प्रयोग गरि सकेको उल्लेख गरे ।
कोभिड १९ को संक्रमण रोकथाम गर्ने उदेश्यले नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण प्रभावित भएका व्यक्ति , वर्ग , समुदायलाई राहत उपलव्ध गराउने नगर कार्यपालिकाको निर्णय अनुसार नगरपालिकाले वडा अध्यक्षको प्रत्यक्ष रोहवरमा राहत वितरण गर्ने कार्य जारी रहेको छ ।
स्थानिय उपेन्द्र पटेलले राहतमा सडेको चामल वितरण गरेको कुरामा सत्सता नभएको बताए । उहाले झुठो बोलेमा बढी राहत पाउने भनाइमा लागेर सवैले भने पछि मैले पनि लोभमा आएर झुटो अभिव्यक्ति दिएको बताए । सवैले भने पछि मैले पनि भनेको छु । राहतमा पाएको चामल दाएर यसतो भनेको पटेलको भनाइ रहेको छ । लालदेवी , शिवधारी पासवानले राहतमा कुनै किसिमको अनियमिता नभएको दावी गरेका छन ।
वडा अध्यक्ष भाग्य नारायण साहले राहतमा खराव चामल वितरण भएको गुनासो कहै कतैबाट नआएको जिकिर गरे । वडा अध्यक्ष साहले चामल गुणस्तरहिन भएको समाजिक संजाल मार्फत सार्वजनिक भएको कुरा सुनेपछि आश्चर्य चकित भएको भन्दै सवैको रोहवरमा राहत समाग्री पैकेज गरी वितरण गरेको दावी गरे ।
विपदको घडीमा सहयोग सहकार्य गर्नु पर्नेमा नगरपालिकाको बदनाम गर्नु पर्ने कार्य निन्दनिय भएको टिप्पणी गरे । राजदेवी नगरपालिकाको सवै वडामा राहत वितरण कार्य तदारुकताका साथ भइरहेको नगर प्रमुख धिरेन्द्र कुमार सिहले बताउनु भएको छ । मेयर सिहले सवै निर्वाचित जनप्रतिनिधिहरुको समान दायित्व रहेको बताउदै आफनो दायित्व निर्वाह गर्नु पर्ने जोड दिए ।
विश्व कोरोना भाइरसको विरुद्धको लडाइमा एकजुट भइ लडनु पर्ने बेलामा आपसी द्धन्द गर्नु राम्रो नरहेको जिकिर गर्दै मेयर सिहले चरित्र हत्या गर्नेको विरुद कानुनी कार्यवाही गर्ने चेतावनी समेत दिए ।
निमित प्रमुख प्रशासकिय अधिकृत संजय कुमार पाण्डेले राहतको सम्वन्धमा गरिएको प्रचार गल्त र अधारहिन भएको प्रतिकृया दिएका छन । उहाले राजनितिक रिसइवीका कारण केही व्यक्तिले गलत प्रचार प्रसार गरेको बताउदै यस महामारीको समयमा सवैले सहयोग गर्नु पर्ने धारणा राखे ।