रौतहट, भाद्र १८ । देशमा संघियता आए लगतै भौतिक पूर्वाधार विकास तेजीका साथ अगाडी बढी रहेको देखिन्छ । १८ स्थानीय तह रहेको रौतहट जिल्ला प्रदेश नं। २ को भौतिक पुर्वाधार विकासमा सम्भवत प्रथम जिल्ला हुन्छ, जहाँ कमै मात्रामा कच्चि सडकहरु देख्न पाईन्छ ।
विभिन्न स्थानिय सरकारले गरि रहेको भौतिक पूर्वाधार विकास संगै माधवनारायण नगरपालिकाले करिव सवै वार्ड जोड्ने सडक संजालको विस्तामा लागेको छ । सडक संजाल नगरपालिकाको विकासको अधार भएकोले हामी सडक संजाल विस्तारका लागि अगाडी बढदै, नगर क्षेत्रको सर्वपक्षिय विकासमा लागेको नगर प्रमुख विरेन्द्र प्रसाद यादवले बताएका छन । हस्तक्षेप खबर संग भएको कुराकानीमा, माधवनारायण नगरपालिकाको वार्डहरुको टाढा टाढा रहेको र सडकहरु अमिल्दो भएको हुदाँ एउटा १८ किलो मिटरको रिंग रोडका लागि तेजीका साथ अगाडी बढी रहेको नगर प्रमुख यादवले बताए ।
स्थानिय निकाय गठन देखि हाल सम्म नगर क्षेत्र भरि करिव नाला आरसीसी ५ सय ८० मिटिर, नाला ईट्टाको १३ सय ६२ मिटर, नयाँ सडक, मर्मत १२ किलो मिटर, सडक ग्रेभल साढे तिन किलो मिटर, सडक ढलान पिसिसि ५ किलो मिटर, सडक ढलान आसीसी ४ सय मिटर, बजार सेट १ थान, समुदायीक भवन २, विद्यालय भवन २ निमार्ण गरिएको प्रमुख प्रशासकिय अधिकृत प्रलव कायस्तले जानकारी गराएको हो ।
माधवनारायण नगरपालिकाले गरि रहेको विकास आम नगरीकले चाहे जतीको गतीमा नभए पनि सन्तोष जनक विकास भै रहेको स्थानियहरु बताउछन् । यस्तै विकासले गतीका साथ अगाडी बढी रहयो भन्ने अवको १० वर्षमा माधवनारायाण नगरपालिका सहरी क्षेत्रको रुपमा विकसीत हुने पक्क भएको स्थानिय भरोसी साहले अशा व्यक्त गरे ।
जिल्लाको स्थानिय सरकारहरुले काम गरेको देखिन्छ तर अव्यवस्थीत रहेको छ । स्थानीय सरकारले अहिले विशेष गरि भौतिक विकासमा केन्द्र भएको छ तर भौतिक संग कृषी, शिक्षा, स्वास्थ्य र समाजिक विकास पनि हुनु अति आवश्यक भएको स्थानियहरुको भनाई रहेको छ । रौतहट जिल्ला कृषी प्रधान भएकोले स्थानिय सरकारले कृषी विकासको लागि प्रथम प्रथमिकतामा राख्नु पर्ने देखिन्छ ।