राकेश यादव , २६ असोज
रौतहट जिल्लाको राजपुर फरहदवामाँ भएको बम काण्डका आरोपितलाइ १२ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको विशेष प्रहरी सहितको टोली नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रौतहट निर्वाचन क्षेत्र नम्बर २ का निर्वा्चित प्रतिनिधि सभा सदस्य महमद आफताव आलमलाइ प्रहरीले आइतवार विहान करीव ११ बजेको समयमा पक्राउ गरेको हो ।
पहिलो संविधान सभाको निर्वाचन हुनु अगावै बूथ क्याप्चरिंग गर्ने उदेश्यले आफ्नो घर नजिकैमा भारत र नेपालका व्यक्ति बोलाएर बम बनाउन लगाउँदा २०६४ साल चैत्र २७ गते भएको विस्फोटमा परी घाइते भएका १३ जनालाइ जिउदै ईटा भट्टामा हालेर मरेको अभियोगमा परेको कितनी जाहेरीको आधारमा मुख्य आरोपित आलमलाइ प्रहरीले पक्राउ गरेको हो । पहिलो संविधान सभा निर्वाचनमा आलम विजयी भएको थियो । घटना भएको १ वर्ष पछि २०६५ आषाढ़ ९ गते जिल्ला प्रहरी कार्यालयमा आलम हाजिर समेत भएका थिए ।
यातायात मंत्री समेत भएका आलम सहित ५ जना मोहमद महताव आलम , शेख मोवीन , शेख सेराज समेतलाइ प्रतिवादी बनाई दायर गरेको जाहेरी दरखास्तमा महान्यायधिवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी गरेको आदेश ऊपर पीडि़त शेख रोक्साना खातून र सरुअठा निवासी श्रीनारायण सिंह सर्वोच्च अदालतमा रिट दायर गर्दा २०६९ साल जेष्ठ १६ मा आलम सहितका प्रतिवादीहरुलाई पक्राउ गरी मुद्दाको अनुसन्धान अगाडी बढाउन तत्कालीन न्यायधीशद्वय शुशीला कार्की र भरत बहादुर कार्कीको संयुक्त इजलासले आदेश दिएको थियो ।
सर्वोच्च्को आदेश कार्यान्वयन नभएपछि जाहेरवाला पक्ष फैसला कार्यान्वयन निर्देशनालयमा उजुरी दीदा २०७५ साल चैत्र ८ गते पुनः पक्राउ गर्न आदेश जारी गरेको थियो । बम काण्डमा घाइते भएका छोराको जिउदै जलाएको भन्दै कीटाणी जाहेरी दिने महिला रोक्साना खातूनको पनि गोली हानि हत्या गरिएको थियो ।
२०६३ साल चैत्र ७ गते गौर राइस मिलको घटना पछि भएको सो घटना हुने वित्तिकै घटना स्थलमा प्रहरी पुगे पनि आलमलाइ गिरपÞm्तार गर्न सकेका थिएन ।
सो बेला तत्कालीन सशत्र प्रहरी उपरीक्षक राम कृष्ण लामा रहेका थिए । पक्राउ परेका सांसद आलमलाइ अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको र अनुसन्धानको लागि जिल्ला अदालतबाट अनुमति समेत प्राप्त गरिसकेको प्रहरी नायव उपरीक्षक नविन कार्की ले बताएका छन !

सांसद आलमको रिहाईको मांग गर्दै प्रदर्शन
बम काण्डको अभियोगमा पक्राउ परेका प्रतिनिधि सभा सदस्य महमद आफताव आलमलाइ रिहाईको मांग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताहरु जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन ।

नेपाली कांग्रेसका निर्वा्चित जनप्रतिनिधि लगायतका नेता कार्यकर्त्ताहरु नेकपा नेतृत्व को सरकारको विरोध नारावाजी गर्दै प्रहरी प्रशासनको विरोधमा प्रदर्शनमा उत्रेका हुन । कांग्रेस जिल्ला सभापति कृष्ण प्रसाद यादव लगायतका स्थानीय तहका कांग्रेसका निर्वा्चित प्रमुखहरु सयौको संख्यामा कार्यालयको मुख्य गेटमा उपस्थित भएर विरोध प्रदर्शन गरेका छन ।
कांग्रेस कार्यकर्त्ताहरुले सरकारको निर्देशनमा बलपूर्वक पक्राउ गरेको दावी गरेका छन । पक्राउ परेका नेता आलमको रिहाई नगरेमा देश व्यापी रुपमा आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन ।