राकेश यादव , २ कार्तिक
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य प्रदीप यादवले नेपाल भारत सिमा सील गर्ने सपना नदेख्न संघीय सरकारलाइ सुझाव दिएका छन । नेपाल र भारत विचको सम्वन्धमा खटास ल्याउने सडयंत्र भैरहेको सवै मधेशी समुदायलाइ चनाखो भएर बस्नु पर्ने आवश्यकता रहेको बताए ।
रौतहट जिल्लाको सदरमुकाम गौरमा मिडिया फा‘र बा‘र्डर हार्मोनी एवं गौर नगरपालिका कार्यालयको संयुक्त तत्वाधानमा आयोजना गरिएको नेपाल भारत मैत्रीपूर्ण संवाद कार्यक्रममा सम्वोधन गर्दै सांसद यादवले सिमा सील गर्न खोजे मधेशी समुदाय माथि डोजर चलाउनु पर्ने चेतावनी दिए ।
नेपालका मिडिया काठमाण्डौबाट र भारतका मिडिया दिल्लीबाट मधेशको सिमा समस्या हेर्ने गरेको र दुवै देशको सम्वन्ध बिगार्ने प्रयास गरिरहेकोले त्यस्ता तत्वलाई मीडियाको माध्यमबाट तह लगाउनु पर्ने धरना राखे । सांसद यादवले खुल्ला बा‘र्डर मधेशीको लागि ठूलो बरदान रहेकोले बन्द गर्ने दुष्प्रयास गरे ठूलो दुर्घटना हुने चेतवानी दिए ।
सांसद यादवले संघीय सरकार नियत बस नागरिकता विधेयक ल्याएर भारत सितको सम्वन्धमा तितोपना ल्याउन लागेकोले सवैलाइ चनाखो भएर बस्नु पर्ने आग्रह गरे । संघीय सरकारले भारतीय सवारी साधनको रोक लगाउन अ‘ानलाइन सिस्टम ल्याएकोले यसको प्रतिकार समेत गर्नु पर्ने जोड़ दिएका छन । खुल्ला सिमानाको सिपाही हामी मधेशी रहेकोले कुनै पनि हालतमा नेपाल भारत सिमा बन्द हुन दिदैनौ उनले भने सिमा रक्षा हामीले गर्छौ सेनाले गर्दैन ।
गएको आषाढ़ महीनामा आएको बाढि़को बेला भ्रम फैलाउने उदेश्य बोकेका केहि मिडियाले भारतीयको दादागिरीले नेपाल दुवानमा परयो भने भारतीय केहि मिडियाले नेपालले पानी छोड़दा भारतीय डुवानमा परेको झूठो समाचार लेखेको भन्दै आलोचना गरे । काठमाण्डौमा आएको बाढ़ीले तिव्बतले पानी छोरयो भनेर किन समाचार लेखिएन त प्रश्न गरे ।
कार्यक्रममा भारतीय जनता पार्टीका मुज्जफरपुर सांसद अजय निषादले नेपाल भारत विचको रोटी बेटीको सम्वन्ध अटूट रहनेमा विश्वास व्यक्त गरेका छन । नेपाल र भारत विचको खुल्ला सिमानामा सहज रुपमा आवागमनको व्यवस्था हुनु पर्ने विषय सरकारलाइ ध्यानाकर्षण गराउने समेत उहाले प्रतिवद्धता जनाएका छन ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ क विधान सभाका प्रदेश २ का प्रदेश सभा सदस्य बाबुलाई साहले नेपाल भारत विचको सम्वन्ध सधै मजबूत रहेको जिकिर गर्दै भारतको मधेश प्रति हेर्ने दृस्टि विपरीत भएको टिपण्णी गरेका छन । पडोसी मुलुक रहेको नेपालको मधेश प्रति हेर्ने आखा भारत सरकारको विपरीत भएकोले मधेश मुखी विकास गर्नु पर्ने निति बनाउन जोड़ दिए ।
उनले भारतले सिमा क्षेत्रमा विद्यालय ,सुविधा संपन्न अस्पताल एउटा पनि नबनाएको दावी गरे । मधेश आन्दोलनको बेला सहयोग गरेको जिकिर गर्दै प्रदेश सांसद साहले मधेशको सांस्कृतिक सभ्यता भेष भूसा भारत सित मेल खादै गएकोले सशक्त वर्ग मधेश र मधेशी सित विभेद गर्ने गरेको आरोप लगाए ।
कार्यक्रममा पूर्व रिगा विधायक मोतीलाई साहले दुवै देशका प्रबुद्ध बर्गलाइ नेपाल भारत सिमा समस्या प्रति गम्भीर हुनु पर्ने बताए । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले नेपाल भारत विच बाढ़ीको बढ़ी समस्या रहेकोले यसको दीर्घकालीन समाधान गर्ने तरफ भारत सरकारलाइ गम्भीर हुनु पर्ने आग्रह गरे ।
नेपालमा बाढ़ी आउदा भारतको सीमावर्ती बस्ती बगाउने उच्च जोखिम रहेकोले पनि निकास गर्नु पर्ने विषयमा दुवै देशका कूटनीतिक निति अन्तर्गत छलफल हुनुपर्ने धरना राखे । कार्यक्रममा आयोजक संस्थाका केंद्रीय अध्यक्ष अमरेंद्र तिवारीले प्रस्तुत गरेका १७ बुँदे समस्या प्रति सहभागी भएकाहरुले आ आफ्नो विचार राखेका थिए ।
संवाद कार्यक्रममा भारतीय बाणिज्य दूतावास वीरगंजका प्रतिनिधि , निर्वा्चित जनप्रतिनिधि , नेपाल प्रात्कार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान , नेपाल प्रत्रकार महासंघ रौतहटका अध्यक्ष रविंद्र प्रसाद साह , नेपाल तथा भारतका विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरु उपस्थित भएका थिए ।
मैत्री संवाद कार्यक्रमबाट अनुमोदन गरिएका प्रस्तावहरु दुवै देशका प्रधानमंत्रीलाइ बुझाउने आयोजक सस्थाले जनाएको छ ।