यूएसएआईडीका प्रतिनिधि टोलीले आइतवार रौतहटमा विभिन्न क्षेत्रका व्यक्तिहरू सित छलफल गरेका छन । यूएसबाट आएका डेविड हैन्सिन सहितको दुइ सदस्य टोलीले सदरमुकाम गौरमा विभिन्न क्षेत्रका व्यक्तिहरू सित विकास निर्माण र आर्थिक समृद्धिको विषयमा छलफल गरेका छन ।
विकास ,समृद्धि , वेरोजगारी समस्या समाधान ,महिला हिंसा न्यूनीकरण , आर्थिक ,सामाजिक राजनितिक अवस्था , संघीयताको कार्यान्वन पक्ष , भ्रस्टाचारको अवस्था , जनप्रतिनिधिहरुको कार्य गर्ने क्षमता , सुशासन , सामाजिक उत्तरदायित्वका विषय लिएर पचवर्षीय रणनीतिक योजना त्यार पर्ने उदेश्यले दुइ सदस्य टोली रौतहट आएका थिए ।
विगत ७० वर्ष देखि नेपालमा सरकार संग सहकार्य गर्दै विकासको निर्माण , शिक्षा , स्वास्थ्य लगायतको क्षेत्रमा काम गर्दै आएका यूएसएआईडीले आगामी पांच वर्षमा कुन कुन क्षेत्रलाइ प्राथमिकतामा राखेर कार्य गर्न सकिने भने राय सलाह सुझाव संकलन गर्न आएको यूएसएआईडीका कृष्ण पाठकले जनाएका छन ।
छलफलमा सहभागी भएका साधुसंतको तरफबाट राजेंद्र तिवारी , घनश्याम झा , विश्व हिन्दू परिसदका जिल्ला सदस्य राकेश कुमार यादव , मुस्लिम समुदायका समाजसेवी मोहमद मकसूद , पूर्व उपप्रमुख मोहमद इसराइल अंसारी , जमील अख्तर , शेख अमरूल हकÞ समेतले रौतहटको आर्थिक अवस्था , शिक्षा ,स्वास्थ्यको दयनीय अवस्थाको बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए ।
सामाजिक क्षेत्रमा योगदान दिदै आएका महमद मकसूदले संघीयता आए पनि विभेद कायम रहेको बताएका थिए । संघीय सरकारले तराई मधेशलाइ दोस्रो दर्जाको नागरिक सराह व्यव्हार गर्दै आएको जनाए ।
रौतहटका आर्थिक , शिक्षा , स्वास्थ्य , मानव सूचकांकका अवस्था सवै भन्दा काम भएको बताउँदै केंद्र सरकारको नीतिगत विभेदका कारण युवाहरु विदेशिन बाध्य भएको बताउँदै महिलाहरुको आर्थिक अवस्था उकास्न शिक्षा ,जनचेतनाको साथै शिप विकास उत्पादन सामग्रीको बाजारीकरण , उद्योग कलकारखनाको व्यवस्था , गर्नु पर्ने जोड़ दिए । पंडित राजेंद्र तिवारीले मुलुकमा संघीयता गणतंत्र आए पनि लूटतंत्र समाप्त नभएको जिकिर गरे ।
विभिन्न कालखंडमा भएको राजनितिक द्वन्दको क्रममा ज्यान गुमाएका र घरवार विहीन भएकालाइ राज्यले अहिले सम्म उपेक्षित गरेको आरोप समेत लगाए । शिक्षक पेशाबाट सामाजिक क्षेत्रमा आएका जमील अख्तरले भाषाको विभेदका कारण रौतहट शिक्षामा पछि रहेको दावी गरेका छन ।
मुलुकमा परिवर्तन आएको जनतालाई महसूस भैरहेको अवस्था नरहेकोले मधेश ,हिमाल ,पहाड़मा दमन शोषण पीड़ामा परेका जाट जाती धर्म लिंग बर्नको समुदायलाइ अधिकारको सामरक्षण गर्न सरकारलाइ दवाव दिन यूएसएआईडीका टोली सित आग्रह गरे । स्थानीय भाषामा पठान पठान नभए सम्म शिक्षाको अवस्था माथि ल्याउन ग्राहो हुने उहाको तर्क रहेको छ ।