३० मङ्सिर
प्रदेश नम्बर २ मा समावेसी लोकतन्त्रका लागि नागरिक सशक्तिकरणको प्रवर्धन नागरिक सक्रियता परियोजना , उत्थान परियोजना अन्तर्गत विपणन लक्षित छात्रबृति फारम भर्ने प्रक्रिया सम्वन्धी सामुदायिक आधारभूत तथा मा .वि का प्र अ तथा आई टी आफिसरहरुलाई अभिमुखीकरण कार्यक्रम उद्योग वाणिज्य संघ गौरको सभाहलमा सोमबार संपन्न भएको छ ।
सामुदायिक विद्यालयहरुमा अध्यन गर्ने दलित विपन्न समुदायका छात्र छात्राहरु छात्रवृतिबाट बंचित नहुने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम रौतहटको ईशनाथ नगरपालिका , बौधिमाई नगरपालिका र राजपुर नगरपालिकामा संचालित रहेको छ । यो कार्यक्रम लागू गर्ने इच्छुक नगरपालिकाले आफै सञ्चालन समेत गर्न सकिने र प्राविधिक सहयोग परियोजनाले गर्न पाउने दलित सरोकार मंच सप्तरीका भोला पासवानले जानकारी गराएका छन ।
विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरुले फारम भर्न पाउने छन भने छनौट हुने छात्र छात्राले खाता सञ्चालन गर्नु पर्ने हुन्छ , खाता मै छात्रबृतिको रकम पठाइने छन । वातावरण तथा बाल विकास परिसद रौतहटका अध्यक्ष धर्मेन्द्र पासवानको सभापतित्वमा भएका कार्यक्रममा आसमान नेपालका अनुगमन तथा मूल्याङ्कन अधिकृत सुनील यादवले सहभागीहरुलाई स्वागत गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा आएका सामुदायिक आधारभूत तथा माविका प्राध्यानध्यापकहरु र स्थानीय तहका शिक्षा संयोजक , आईटी आफिसरले विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरुको फारम भराउने सामूहिक प्रतिवद्धता जनाएका छन ।