१२ पौष
रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं.७ मुडवलवामा क्रिष्चिन धर्मको प्रचार गर्ने गिरोहलाई हिन्दु परिषद नेपाल र विश्व हिन्दु परिषदका कार्यकर्ताहरुले शनिवार लखेटेका छन ।
एउटा घरमा हिन्दु धर्म मान्ने महिलाहरुलाई भेला गरेर गोप्य रुपमा हिन्दु धर्म परिवर्तन गर्न सिदाउदै गरेको सुचनाको अधारमा हिन्दु परिषदका जिल्ला संयोजक ओम प्रकाश साह मधेशियाको नेतृत्वमा गएका हिन्दु परिषदका सदस्यहरुले क्रिश्चिन धर्मका प्रचारकहरुलाइ लखेटेर वैनरहरु समेत जलाएका हुन ।
विगत धेरै दिन देखि आर्थिक प्रलोभन दिएर दलित समुदायका महिलाहरुलाई हिन्दु धर्मको विरुद्ध वितृष्णा फैलाएर इसाइ धर्म मान्न लगाउने गरेकोले हिन्दु समर्थक स्थानिय युवाहरु लखेटने त्यारी समेत गरेको थिए । इसाइ धर्मका प्रचार महेश चौधरीको नेतृत्वमा आएका इसाई धर्मका प्रचारकको समुहले चिसो मौसममा सानो वाल बालिकाहरुलाइ खुल्ला चौरमा प्रशिक्षण दिदै गरेको अवस्थामा हिन्दुवादी समर्थकहरु पुगेर लखेटेको जिल्ला समयोजक साहले बताए ।
स्थानिय रामकलेवर राम चमार, उनका श्रीमति अम्पा देवी , छोरा छोरी , रामजी महतोको श्रीमति मरछिया देवी नुनिया लगायत ४० जनाले आफनो हिन्दु धर्म परिवर्तन गरिसकेका छन । मरछिया देवीले गएको कार्तिक महिनामा छठ पर्वको दिन देखि नै हिन्दु महिलाहरुले लगाउने निधारको सिन्दुर समेत परित्याग गरिसककेको स्थानिय महिलाहरुले बताएका छन ।
नवालक वाल वालिकाहरुलाई हिन्दु धर्मको विरुद्धमा सिखाउदै गरेको बुझिएको छ । रामजी महतो नुनियाको जस्ताको घरमा प्रशिक्षण दिने गरेको छ । इसाइ धर्मका प्रचारकलाइ आज देखि गाउमा फर्केर आएका कुटपिट समेत गरिने चेतावनी दिइएको जिल्ला संयोजक साहले बताए ।
क्रिश्चिन धर्म बनाउने समुहलाई लखेटने कार्यमा हिन्दु परिषद नेपालका जिल्ला सचिव राकेश कुमार यादव , प्रवक्ता अभिमन्यु पटेल , विश्व हिन्दु परिषदका युवा संयोजक नन्दभुषण श्रीवास्तव ,समाजसेवी नविन कुमार सिह, स्थानिय युवा पत्रकार हनुमत यादव ,विजय यादव लगायत दर्जनौं हिन्दु समर्थकहरु सहभागी भएका थिए ।