२२ माघ
रौतहट जिल्लाको गौर नगरपालिका वडा नं.२ महादेवपटीमा वुधवार एक कार्यक्रमको विच नया निर्माण हुने प्रहरी चौकीको ४ कोठे भवनको शिलान्यास सम्पन्न भएको छ । गौर नगरपालिका र वडा कार्यालयको संयुक्त लगानीमा निर्माण हुने सुविधा सम्पन्न भवनको गौर नगरपालिकाको नगर प्रमुख अजय कुमार गुप्ताले विधिपुर्वक शिलान्यास गरेका हुन ।
मन्दिरको भवनमा रही शान्ति सुरक्षा दिदै आएका प्रहरीको अव आफनो भवन हुने भएका छन । गाउ देखि पछिम वालेश्रनाथ मन्दिर जाने वाटोको छेउमा रहेका विधालयको साढे तिन कठा जग्गामा प्रहरी चौकीको भवन निर्माण गर्न लागिएको वडा अध्यक्ष राकेश झाले बताएका छन ।
४ कोठे भवनको प्राविधिक लागत इष्टिमेट तयार रहेपनि अहिले २ कोठे भवन निर्माण गर्नलाई १० लाख गौर नगरपालिकाले तथा १० लाख २ नं. वडा कार्यालयवाट रकम विनियोजन गरिएको वडा अध्यक्ष झाले जनाए ।
शिलान्यास पछि छोटो कुरा गर्दै मेयर गुप्ताले प्रहरी चौकीको आफनो स्थायी भवन भएपछि बस्न कुनै अप्ठयारो नहुने बताएका छन । नेपाल भारतको खुल्ला सिमानाको अवस्था रहेकोले सुरक्षाको ठुलो चुनौती रहेको जिकिर गर्दै प्रहरीको बास भएमा अपराधिक गतिविधीमा कमी आउने विश्वास व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे , प्रहरी उपरिक्षक रविराज खडका , वडा अध्यक्षहरु शेख जमशैद,भुनेश्वर शाही, रामस्वार्थ राय यादव , शिक्षा संयोजक गणेश गिरी , लगायत स्थानिय भरभलादमी ,नागरिक समाजका अगुवाहरु सहभागी रहेका थिए ।