रौतहट १० बैशाख
ग्रामीण विकास केन्द्र नेपाल रौतहटके कोभीड़ १९ को संक्रमण नियंत्रण गर्नका लागि क्वारेंटाइन निर्माण तथा स्वास्थ्य सम्वन्धी सामग्री हस्तानांतरण गरेका छन ।
नेपाल कोभीड़ रेस्पोंस प्रोजेक्ट अन्तर्गत वर्ल्ड भिजन इंटरनेशनल नेपालको सहयोगमा गरुडा नगरपालिका र माधव नारायण नगरपालिकालाइ उक्त सामग्री उपलब्ध गराइएको हो । विश्व भरी फैलिएका कोरोना भाइरसको प्रकोप नियंत्रण गर्नलाइ अति आवश्यक सामग्री उपलब्ध गराइएको सस्थाका अध्यक्ष पारस हुसैनले जानकारी दिएका छन ।
गरुडा , सखुअवा ,माधोपुर , दुर्गाभगवती , यमुनामाई , नेपाली सेना ,सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयलाइ त्रिपाल ७० थान , ठूलो डोरी ५० , मच्छरजाली ४० पीस ,बाल्टिन ६० वटा , ब्लैंकेट ९२ थान , जर्किन ९८ , पाटिया २५ , पि फोन ५ , बेल्चा ११ , सानो डोरी १५ गरी जम्मा ४६६ थान समान दिइएको प्रोजेक्ट कोर्डिनेटर राजेश चौधरीले जानकारी गराएको छ ।
गरुडा र माधव नारायण नगरपालिकामा बाल्टिन २० , साबुन ४०० पीस तथा सर्जिकल ग्लव्स १६०० जोड़ा प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री योगेन्द्र राय यादवलाइ हस्तानांतरण गरिएको सस्थाले जनाएको छ ।