३० श्रावण
रौतहट जिल्लाको गौर नगरपालिaकामा १७ जना नया कोरोना भाइरसको संक्रमित थपिएको छ । ३० जनाको संकलन गरिएको स्वाव परिक्षण बाट गौर नगरपालिकाको कर्मचारी सहित १५ जनामा संक्रमण पुस्टि भए पछि गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता सहित ९४ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा १७ जना पोजेटिव भेटिएको हो । नगर प्रमुख गुप्ता सहित ७७ जनाको रिपोर्ट निगेटिव भएको छ ।
श्रावण २६ गतेका दिन ८३ पुरुष र ११ महिलाको स्वाव संकलन गरिएको थियो । पोजेटिव रिपोर्ट आएकोमा ८ जना नगरपालिकाका कर्मचारी रहेको छ भने एक जना संचारकर्मी तथा ८ जना स्थानीय रहेका छन ।
कोरोना भाइरसका संक्रमण पुस्टि भएकाहरुमा लक्षण कुनै देखा परेको छैन । विना कुनै लक्षणको पोजेटिव रिपोर्ट आउनेले झन जोखिम उच्च भएको छ । रुघाखोकी , ज्वरो मुख्य लक्षण रहेपनि अधिकांशमा यस्तो कुनै लक्षण देखिएको छैन । गौर नगरपालिकामा थपिएको १७ जना मध्ये एक जना राजदेवी नगरपालिका वड़ा नम्बर ७ निवासी रहेका छन ! उहा गौर नगरपालिका कर्मचारी हुन ।
सफाईकर्मी ,शिक्षक , योजना शाखा प्रमुख समेत संक्रमित भएकोले गौरको अवस्था अन्य नगरपालिकाको तुलनामा ज्यादै जोखिमपूर्ण अवस्था मा रहेको छ ।
जिल्लामा प्रति दिन संक्रमितको संख्या थपिदै जादा जिल्ला प्रशासन कार्यालयले श्रावण २४ गते देखि ३२ गते सम्मको लागि जारी गरेको निषेधज्ञाको ७ औ दिन पनि बाजार सुनसान देखिएको छ । समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएकोले कारण स्थानीय त्रसित बनेका छन ! निषेधज्ञाको मारमा परेका गरीव असहाय ,विपन्न वर्ग समुदायका व्यक्तिलाइ दैनिकी जीवन यापनमा समस्या उत्पन्न भएको छ । निषेधज्ञाको कारण वित्तीय संघ सस्था बैंकहरु पूर्ण रुपमा कारोबार बन्द गरेको हुदा थप समस्या उत्पन्न भएको स्थानीयहरुको पीड़ा रहेको छ ।
सामाजिक दुरी तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्दै बैंकिंग कारोबार सुचारु गर्नु पर्ने नितान्त आवश्यक रहेकोले सम्वन्धित जिल्ला प्रशासन कार्यालयले यस तर्फ ध्यान दिनु पर्ने जरुरी देखिन्छ ।