२७ कार्तिक
रौतहटजिल्लाको राजपुर नगरपालिका वड़ा नम्बर ९ बैरियामा स्थापना भएको बर्थिंग सेन्टर तथा नवनिर्मित भवनको विहिवार उदघाटन गरिएको छ ।
राजपुर नगरपालिकाका नगर प्रमुख शेख सकिल अख्तरले २० लाखको लागतमा निर्माण भएको भवनको उदघाटन गर्नु भएको हो । उदघाटन पश्चात् आयोजित सभाको सम्वोधन गर्दै मेयर अख्तरले बैरियाको स्थानीय महिलाहरुलाई प्रसव गराउन बाहिर जानू पर्ने नपर्ने बताए ।
गाउ मै बर्थिंग सेन्टर संचालनमा आएपछि महिला दीदी बहिनीहरुलाई अन्य ठाउमा जानू पर्ने बाध्यताको अन्त्य भएको ठोकूवा गरे । स्तरीय स्वास्थ्य सेवा पुर्याउने लक्ष्य नगरपालिकाको रहेकोले चाहिने आवश्यक सामग्री समयमा नगरपालिकाले उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
गर्भवती महिलाऐ प्रसूति गराउन बाहिर जानू पर्ने भएकोले यसको समाधानको लागि बर्थिंग सेन्टरको यस्थापना गराएको भन्दै नगर प्रमुख अख्तरले चाडै नगर पालिकाले नगरवासिको सहयोगको एम्बुलेंस सेवा सञ्चालन गर्ने जानकरी गराए । अस्पतालमा समयमा डाक्टर नाएको ,औषधि नभएको खण्डमा नगरपालिकामा गुनासो गर्न समेत स्थानीयबासीलाई आग्रह गरे ।
कार्यक्रममा नगरपालिकाका निमित प्रमुख बैजू ठाकुरले नगरपालिका स्वास्थ्य र शिक्षाको सवालमा गंभीर भएर कार्य गर्दै आएको बताए । विकास र बाढि़को कारण समस्यामा पर्दे आएका बैरियामा नगरपालिकाले बाटो घाटोको निर्माण गर्ने तर्फ अग्रसर भएको जनाए ।
वड़ा अध्यक्ष असरफ अलीको सभापतित्वमा संपन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि ,समाजसेवी ,बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।