२८ कार्तिक
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको चौथो बजेट अधिवेशन तथा पाँचौ नगर सभा कार्यक्रम शुक्रवार संपन्न भएको छ । केहि समस्याको कारण निर्धारित समयमा हुन नसकेको नगर सभा कार्तिक महीनाको अन्तिम हप्तामा सफलता पूर्वक संपन्न भएको हो ।
प्रदेश सभा सदस्य कुन्दन कुशवाहाको प्रमुख आतिथ्यमा भएको उदघाटन सत्रमा नगर प्रमुख सियाराम कुश्वाहाले गत आर्थिक वर्षमा कोरोना को प्रकोप तथा लकडाउनको कारण केहि प्रभावित भएपनि नगरपालिकाले आफ्नो लागतमा छेदी चौकमा शितभंडारण केंद्र को निर्माण तथा कृषि बाजारीकरणको लागि ५६ करोड़ ५० लाख र कठेरिया बजारको व्यवस्थित भूतिक पूर्वाधारको विकास निर्माण जस्ता महत्वपूर्ण योजनहरुको निरंतरता दिएको बताएका छन ।
निति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा मेयर कुशवाहालेआर्थिक वर्ष २०७०।०७७ को ४८ करोड़ ५१ लाख ३८ हजार ५ सय ८८ रुपैया ८१ पैसा निकासा तथा ४६ करोड़ २९ लाख ७ हजार ७ सय ५५ रुपिया १० पैसाको खर्चको विवरण प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७७।०७८ को लागि ४२ करोड़ १९ लाख ३८ हजार ४५७ रुपैयाको बजेट विनियोजन गरेका छन ।
आर्थिक विकास तर्फ कृषि मिटरको साथै घर मीटरको २० यूनिट सम्मको महसूल तिर्नको लागि ४५ लाख मतों परिछन ,निशुल्क विउ वितरणको लागि १५ लाख , व्यावसायिक कृषि उत्पादन केंद्र पौकेट विकास कार्यक्रम को लागि २० लाख निर्माणाधीन कोल्ड स्टोरको लागि १ करोड़ १० लाख , मोटर वितरणको लागि ५ लाख विनियोजन गरिएको छ । नेपाल सरकारको स्वामित्वमा रहेका जग्गालाई संरक्षण तथा सदुपयोगको नितिमा जोड़ दिएको छ ।
निति कार्यक्रममा पशु पंछी तथा मत्सय , पर्यटन तथा सस्कृति , उद्योग ,बाणिज्य तथा वित्तीय कार्यक्रमको लागि प्राथमिकता दिदै प्रस्तुत गरिएको निति कार्यक्रममा सामाजिक विकास तर्फ , खेलकूद ,शिक्षा ,विद्यालयको सस्थागत सुधर तर्फ २ करोड़ बजेट विमियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रको विकास ,कर्मचारी भर्ना , आकस्मिक सेवा सञ्चालनका लागि ४५ लाख रकम छुट्ट्याइएको हो ।
निति कार्यक्रममा खानेपानी तथा सरसफाई। लैंगिक समानता तथा सामाजिक समावेशीकरण , उपभोक्ता सित संरक्षण , पूर्वाधार विकास तर्फ। सड़क तथा पुल , सिचाई ,भवन तथा शहरी विकास , संचार ,वातावरण तथा विपद व्यवस्थापन , सस्थागत विकास तथा सेवा प्रवाह , वित्तीय व्यवस्थापन र सुशासन तर्फमा कार्य गर्न समावेश गरिएको हो ।
कार्यक्रममा सम्वोधन गर्दै प्रदेश सभा सदस्य कटहरिया नगरपालिकाको विकासको लागि सवैको सहभागिता ,एकवद्धता जरुरी रहेको जोड़ दिए । जिल्ला समन्वय समितिका अध्यक्ष राम एकवाल राय यादव , प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , नगर उपप्रमुख नूरजहा खातून लगायतले आ आफ्नो मंतव्य राखेका थिए ।