२८ मंसिंर
सर्वपक्षीय संघर्ष समिति राजदेवी नगरपालिकाले १२ बुंदे माग कार्यन्वयन गराउनको लागि रौतहट जिल्ला को राजदेवी नगरपालिकाका प्रमुखलाइ आइतवार ज्ञापन पत्र बुझाएका छन् ।
२०७६ साल कार्तिक ४ गते बुझाइएको ज्ञापन पत्र मार्फत राखिएको १४ बुंदे माग , २५ गते नगरपालिका र समाजवादी पार्टी बीच भएको सम्झौता , २०७७ अषाढ ८ गते भएको नगर समितिको बैठक बाट गरिएको निर्णय कार्यन्वयनको माग गराउनको लागि दवाव सृजना गर्ने उदेश्यले दोस्रो पटक समितिले ज्ञापन पत्र बुझाएको हो ।
जनता समाजवादी पार्टी नेपालका नेता एवं सर्वपक्षीय संघर्ष समितिका संयोजक रामेश्वर प्रसाद यादवको नेतृत्वमा गएको टोलीले नगर प्रमुख धिरेन्द्र कुमार सिंहलाइ ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा १४ बुंदे माग , सम्झौता , नगर कार्यपालिकाको निर्णय कार्यान्वयनको लागि जोड दिइएको छ भने अहिले सम्म कर्मचारी र शिक्षकहरु तलव नपाएको विषयमा समेत जिकिर गरिएको छ ।
विगतमा दिइएको ज्ञापन पत्र तथा भएको सम्झौता अहिले सम्म नगरपालिकाले कार्यान्वयन नगरेकोले मङ्सिर २९ गते सम्मको समय सहित दोस्रो पटक ज्ञापन पत्र बुझाएको संयोजक यादवले बताए ।
हाम्रो माग सम्वोधनमा नगरपालिकाले उदाशिनता देखाएको संयोजक यादवले आरोप लगाउदै निर्धारित समयमा माग सम्वोधन नगरिए शान्तिपूर्ण आन्दोलनको थालनी गरिने समेत चेतावनी दिए ।
आर्थिक वर्ष २०७६।०७७ को नगरपालिकाको हिसाव किताव ,बैंक स्टेटमेन्ट सहित शिक्षक ,चिकित्सक तथा कर्मचारीहरुको तलव भुक्तान र आर्थिक वर्ष २०७७।०७८ को नगरपरिषद नीति नियम अनुसार बजेट सेलिङ्ग बनाई जानकारी गराउनको लागि ज्ञापन पत्र मार्फत माग गरिएको छ ।
विगतमा गरिएको आन्दोलनको क्रममा गठन भएको समितिमा संयोजक यादव सहित नेकपाका राजकिशोर प्रसाद यादव , भिखारी राय यादव , राजेश साह , विश्वनाथ साह , जनता समाजवादी पार्टी नेपालका राज नारायण रंजन , सत्यनाराय राय यादव , सनुप महतो रहेका छन् ।
कमलेश मिश्र , पवन साह , रामपुकार दास , लालबाबु पटेल , अन्चित राय . धर्मेन्द्र गिरि , विजय शंकर यादव , परमेश्वर राय यादव , राम इश्वर राय , तसलिम हुसैन , नारायण दास , शम्भु साह , धनपत राय यादव , रामरूप पटेल ,निलम पासवान , सुशिल देवी संघर्ष समितिका सदस्यहरु रहेका छन् ।
समितिका सदस्यहरुले नगरपालिकाले माग सम्वोधन नगरे कडा आन्दोलन गर्ने घोषणा समेत गरेका हुन् । नगर प्रमुख धिरेन्द्र कुमार सिंहले माग सम्वोधन हुने समेत प्रतिवध्ता जनाएका छन् ।