२७ फाल्गुन
नेपाल सरकारका उपप्रधानमंत्री ईश्वर पोखरेलले कोभीड़ १९ को संक्रमणको जोखिमको कारण लामो समय देखि बन्द रहेको नेपाल भारत सिमामा छिटै आवागमन सुचारु हुने बताउनु भएको छ । सिमा बन्द भएको कारण तराई मधेशका जनताहरुलाई भोग्नु परेको पीड़ाको अन्त्य चाडै हुने विश्वास व्यक्त गरेका हुन ।
रौतहट जिल्लाको मौलापुर नगरपालिका वड़ा नम्बर ५ पतौरामा महाशिवरात्रिको अवसरमा मौलापुर नगरपालिका द्वारा आयोजित मधानी महायज्ञको उदघाटन समारोहमा सम्वोधन गर्दै उपप्रधानमंत्री पोखरेलले केन्द्रीय कोरोना महामारी नियंत्रण तथा रोकथाम समितिको संयोजक भएकोले सिमामा सवारी साधन सहज रुपमा आवागमन गराउने विषयमा निर्णय गरिने जानकारी दिनु भयो ।
नेपाल भारत सिमा बन्द भएको कारण उत्पन्न भएको समस्या प्रति नेपाल सरकारले गंभीर भएकोले सहज रुपमा आवागमन हुने उहाको भनाइ रहेको छ । पुरातात्विक महादेव मन्दिर पतौरालाइ राष्ट्रीय सम्पदा तथा विश्व सम्पदाको सूचिमा सूचीकृत गराउनको लागि नेपाल सरकारले सक्रीय भूमिका समेत निर्वाह गर्ने प्रतिवद्धता जनाए ।
राजश्री महाराजा जनक र भगवन गौतम बुद्धले चिनाएको नेपाललाइ अव पतौरा महादेव मन्दिरले चिनाउने दावी गरे । उहाले भने जसरी राजा जनकको नामले नेपाललाइ चिनिन्छन त्यस्तै पतौराको पुरातात्विक महादेव मन्दिरको नामले नेपाललाइ चिनीनेछन ।
राजनितिक रुपमा मधेशलाइ दमन शोषण गर्ने गरेको हुदा हुदै पनि उपप्रधानमंत्री पोखरेल शव्द रूपी भाषामा तराई मधेश सुन को टुक्राको रुपमा नेपालको लागि भएको बताए । नेपालको लागि तराई मधेश सुनको टुक्रा रहेको छ उनले भने मधेश नेपालको लागि ठूलो महत्वपूर्ण बोकेको ठाउ रहेको छ ।
तराई मधेशको सस्कृति , परमपारा , भाषा , रीतिरिवाजलाइ संरक्षण संवर्धन गर्दै लानू पर्ने जोड़ दिदै मौलापुर नगरपालिकाले विश्व सम्पदाको सूचिमा सूचीकृत गराउनको लागि चाल्नु भएको अभियानमा सवैले सहयोग गर्नु पर्ने आग्रह गरे ।
कार्यक्रममा प्रदेश प्रमुख डाक्टर राजेश झाले आफ्नो सस्कृति, धार्मिक क्षेत्रको विकासमा लगानी गर्न स्थानीय तहले शुरुवात गर्नु पर्ने धरना राखे । भारतीय भोजपुरी पिÞmल्मका अभिनेता चिन्टू पांडेय, अभिनेत्री अक्षरा सिंहको आगमनको कारण दर्शकहरु बढ़ी उत्तेजित भएकोले बढ़ी समय आफ्नो मंतव्य नराख्दै प्रदेश प्रमुख झा विदा भएका थिए ।
हजारौको संख्यामा दर्शक उपस्थित भएको कार्यक्रममा सम्बोधन गर्दै नेपाल सरकारका शहरी विकास मंत्री प्रभु साहले पुरातात्विक महादेव मन्दिर एक हजार वर्ष पुरानो भएकोले धेरै महत्त्व बोकेको बताएका छन ।
कर्णाटकालीन कालको मन्दिर भएकोले महत्त्व र रहस्य उजागर हुने बताए । पुरातत्विक विभागबाट अध्यन्न र अन्वेषणको कार्य जारी रहेकोले केहि रहस्य पनि बाहिर आउने जनाए । मन्दिर उत्खनन गर्दा केहि मानव अस्थिपंजर र महत्त्वपूर्ण बस्तु फेला परेकोले परिक्षणको रिपोर्ट बाहिर आएपछि कसले निर्माण गरेको भनी यकीन गर्न सकिने उल्लेख गरे ।
मंत्री साहले पतौरामा दरवार सहितको बस्ती जमीन मुनि भएको अध्यन्न बाट देखिएकोले भएका भौतिक संरचनालाइ व्यवस्थित गरी त्यसको उत्खनन गरिने बताए । पर्यटकीय स्थलको रुपमा विकसित भए पछि बेरोजगारीको समस्या समाधान हुने दावी समेत गरे ।
धार्मिक स्थलको रुपमा विकसित गराउने मौलापुर नगरपालिकाले लक्ष्य लिएर अघि बढ्दै गरेकोले यो क्षेत्रमा व्यावसायिक रुपमा स्थानीयहरुको फायदा हुने बताए । पर्यटन क्षेत्रको विकासले मुलुकको विकासमा टेवा पुग्ने बताउँदै राज्यले यस प्रति ध्यान दिनुपर्ने धरना राखे ।
शिवनगरमा रहेका महादेव मन्दिरलाइ कमजोर बनाउने उदेश्यले प्रभु साहले आफ्नो नगरपालिकामा मेला आयोजना गर्ने गरेको भनी टिका टिपण्णी भैरहेको अवस्थामा मंत्री साहले कसैको कमजोर बनाउने उदेश्य नभएको प्रास्टिकरण दिएका हुन ।
एउटा पसल हुदा अर्को पसल खोल्दैमा पहिलाको महीना नघट्ने उदहारण प्रस्तुत गर्दै अनेक ठाउमा महादेव मन्दिरमा मेला लगाउँदा पहिलाको मन्दिरको महिमामा कमी नआउने प्रस्ट पारे ।
नेपाली कलाकार र भारतीय कलाकार समेत सहभागिता भएको सो कार्यक्रममा उपस्थित भएका श्रोता दर्शकहरुले भने भारतीय कलाकार लाइ नै बढ़ी समर्थन गरेको देखिदा नेपाली कलाकार उपेक्षित भएको थियो ।
नेपाली कलाकार दीपा श्री निरौलाले प्रस्तुति गर्दा ताली बजाउन नसक्ने दर्शकहरुले भारतीय भोजपुरी सिनेमाका नायिका अक्षरा सिंह र नायक चिन्टू पांडेयको नामले नै बढ़ी उत्तेजित र खÞुशी हुने गरेको देखिएको थियो ।
नेपाली सिनेमा जगतका नायिका निरौलाले दर्शकको मनोभावना हेरेर उनले पनि भारतीय कलाकारको चाहना बढ़ी रहेको जिकिर गर्दै आफ्नो प्रस्तुति छोट्याएका थिए । आफ्नो कला र संस्कृतिको जगेर्ना गर्नु पर्ने जोड़ दिने मंत्री प्रभु साहले एउटै मंचमा विदेशी कलाकारलाइ जमघट गराएर स्वदेशी कलाकार र अतिथिलाइ उपहास गराउने कार्य गर्ने गरेको स्थानीयहरुले आलोचना गरेका छन ।
गत वर्ष आयोजना गरिएको मधानी महायज्ञमा भारतीय कलाकार दिनेशलाल निरहुवा र आम्रपाली दुवेलाइ सहभागी गराउँदा विबाद सृजना भएको थियो ।