११ चैत्र
नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले नेपाल कम्युनिस्ट पार्टीलाइ सत्ताबाट हटाउनु पर्ने एक मात्र विकल्प रहेको बताउनु भएको छ । बहुमतको सरकार भएको केपी शर्मा ओलीले चालेको सांसद विघटन असंवैधानिक सावित भइ पुनर्स्थापना भैसकेको भएपनि कुर्सिमा बसिरहनु नैतिकता नभएको पुस्टि भैरहेको बताए ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ बरगज्वामा नेपाल शिक्षक संघ प्रदेश २ ले आयोजना गरेको नेपाल शिक्षक संघको दोस्रो र तेस्रो प्रतिनिधि सभाको उदघाटन गर्न आउनु भएका कांग्रेस नेता एवं सांसद कोइरालाले सर्वोच्च अदालतको फैसलाको अवमुल्यन गर्दै प्रधानमन्त्रीबाट राजिनामा नदिने प्रधानमन्त्री ओलीलाइ सत्ताबाट हटाउने कांग्रेसको पहिलो प्राथमिकता भएको जनाए । उहाले कम्युनिस्टलाइ सत्ताबाट हटाएर मात्र आर्को सहमतिको सरकार बनाउने कांग्रेसको मुख्य एजेन्डा भएको बताए ।
नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले विधान , विधिलाइ आधार मानेर जाने प्रस्ट पार्दै कांग्रेस चुनाव भए चुनावमा भाग लिने बताए ।
नेकपा नेतृत्वको सरकारले साढे तिन वर्षमा केहि कम नगरी गफ मै समय विताएको टिप्पणी गरे । डाक्टर कोइरालाले प्रधानमन्त्री ओलीलाइ देश र जनताको लागि गरेको एउटा पनि कम देखाउन चुनौती समेत दिए ।
कहिले रेलको सपना बाड्ने ओलीले कहिले जहाज त् कहिले घर घरमा ग्यास पाइप पुर्याउने झुठो आस्वासन बाड्ने कार्य मात्र गरेको भन्दै आलोचना गरे । नया सरकारको लागि तथा सर्वोच्च अदालतको फैसलाको सम्मान गर्न नैतिकताको आधारमा प्रधानमन्त्री पदबाट राजिनामा दिनु पर्ने माग गरे ।
संचारकर्मीहरुले सोधेको प्रश्नको जवाव दिदै कांग्रेस नेता डाक्टर कोइरालाले कम्युनिस्टलाइ हटाउन नेपाली कांग्रेस , प्रचण्ड समुह र जनता समाजवादी पार्टी नेपाल सित सहमति सहकार्य गरेर अघि बढ्ने धारणा बनाएको बताए । प्रधानमन्त्रीले राजिनामा दिएपछि तिन दलको सहमतिमा सरकार बनाउने र सहमति अनुसार प्रधानमन्त्रीको प्रस्ताव आए कांग्रेसले स्वीकार्य गर्ने उहाको कथन रहेको छ ।
महामन्त्री डाक्टर कोइरालाले प्रधानमन्त्री कांग्रेस सभापति शेर बहादुर देउवा नै हुनु पर्ने माग कांग्रेसको नभएको बताए । कम्युनिस्टको विरुद्ध हुने गठवन्धनको निर्णय समर्थन गर्ने बताए । जसपाका अध्यक्ष महन्थ ठाकुरलाइ सहमतिबाट प्रधानमन्त्री बनाउने प्रस्ताव आए कांग्रेसको कुनै आपति नहुने जनाए ।
कोइरालाले पुर्व मन्त्री महमद आफताव आलम माथि झुठो आरोप लगाएर फसाइएको दावी गर्दै आलमको रिहाई गराउन कांग्रेसले आवाज उठाउने बताए ।
नेपाली कांग्रेसको हुने राष्ट्रिय अधिवेशनमा पार्टी कार्यकर्ताले चाहे आफु पार्टी सभापतिमा उठ्ने समेत उदघोष गरे । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले पार्टी सभापतिमा आउनु पर्ने आग्रह गरेको कारण कांग्रेसलाइ बलियो बनाउन सभापतिमा उठ्ने बताए ।
नेपाली कांग्रेसका नेत्री एवं पुर्व मन्त्री चित्र लेखा यादवले कम्युनिस्ट सरकारले नेपाली जनताको दुख दिने कार्य मात्र गरेको आरोप लगाए ।
नेपाल भारत विचको सम्वन्धमा तितोपना ल्याउनको लागि सरकारले नेपाल भारत सिमा बन्द गरेको भन्दै भारत सितको सिमा बन्द भएको कारण दुवै देशका नागरिकलाइ सास्कृतिक , धार्मिक , सामाजिक , पारिवारिक सम्वन्धमा असर परेको उल्लेख गरे ! कोरोनाको बहाना बनेर बन्द गरिएको सिमा पुर्वत रुपमा सुचारु गराउन सरकार संग माग समेत गरे ।