२७ बैशाख
रौतहट जिल्लामा कोभिड १९ को दोस्रो चरणको लहर संगै बढेको संक्रमणबाट संक्रमित भएर ४७ जना निको भएको छ । विश्वभरि महामारीको रुपमा फैलिएका कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएर उपचारको क्रममा निको भएको संख्या ४७ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दोस्रो चरणको लहरमा संक्रमित हुनेको संख्यामा वृद्धि भएपनि निको हुनेको संख्या विस्तारै विस्तारै बढ्दै गएको हो । जिल्ला भरिमा संक्रमित हुनेको संख्या ३८७ पुगेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरणमा उल्लेख रहेको छ । संक्रमणबाट सोमवार ४ जनाको मृत्यु भए संख्या मृतकको संख्या २१ पुगेको छ । जिल्लामा ११ जना तथा अन्य जिल्लामा १० जनाको उपचारको क्रममा ज्यान गएको हो ।
सवै भन्दा बढी संक्रमित हुने नगरपालिकामा गौर नगरपालिका रहेको छ । जिल्ला प्रशासन कार्यालयको दैनिकी तथ्यांकका अनुसार गौर नगरपालिकामा ८८ , चंद्रपुर नगरपालिकामा ५४ र गरुडा नगरपालिकामा ३२ जना संक्रमित रहेको छ १ परोहा नगरपालिकामा ४२ , राजदेवी नगरपालिकामा १५ , दुर्गा भगवती गाउपालिकामा १३ जना संक्रमित रहेको छ ।
दिन प्रति दिन बढ्दै गइरहेको संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न स्थानीय प्रसाशनले बैशाख २४ गते राती १२ बजे देखि बैशाख ३१ गते राति १२ बजे सम्मको लागि निशेधाज्ञा आदेश जारी समेत गरेको छ । निशेधाज्ञा आदेश जारी गरिए संगै सदरमुकाम गौरमा सेवाग्राहीहरुको उपस्थति न्यून भएको छ । जिल्लामा रहेका सरकारी कार्यालयहरुले संक्रमणको जोखिम देख्दै अति आवश्यक सेवाको बाहेकका अन्य कारोवार बन्द गरिदिएकोले भिड नियन्त्रणमा आएको हो ।
जिल्ला प्रशासन कार्यालय द्वारा जारी गरिएको निशेधाज्ञाको आदेश कार्यन्वयनको लागि सुरक्षा निकायका प्रमुखहरु सकृय भूमिकामा देखिएका छन । नेपाल प्रहरीका प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले गौर बजारमा आफै अनुगमन गर्दै गरेको दिएको छ । होटेल , किराना पसल , लगायत सार्वजनिक ठाउमा समुहमा जम्मा भएकाहरुलाई सम्झाउदै कार्यवाही गर्ने समेत चेतावनी दिएको छ
कोभिड १९ को संक्रमण तिव्र रहेकोले घर बाहिर विना कामको नआउँन सुझाव दिदै निशेधाज्ञाको उलंघन गर्नेलाइ कानुनी कार्यवाही समेत गर्ने चेतावनी दिएको बुझिएको छ । मानवजीवन प्रति आइपरेको विपतिबाट जोगिनु पर्ने अहिलेको आवस्यकता रहेको बताउदै प्रहरी उपरीक्षक शाहले संकटको बेलामा सवैले एक अर्कालाइ सहयोग गर्न पर्ने आग्रह गरेका छन ।
नेपाली जनताको सुरक्षाको लागि दिन रात खटिने नेपाल प्रहरीले महामारीको बेला नेपाली नागरिकको स्वास्थ्य सुरक्षाको निमित सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । निशेधाज्ञाको पालना गराउन जिल्लाको विभिन्न ठाउमा प्रहरी परिचालन गरिएको जानकारी गराउदै प्रहरी उपरीक्षक शाहले स्वास्थ्य सेवा बाहेकका अन्य प्रयोजनको लागि राखिएको अक्सिजनका सिलिन्डरहरु बरामद गरेर जिल्ला अस्पतालको जिम्मा लगाइएको बताए ।