१ जेष्ठ
रौतहट जिल्लामा पछिल्लो २४ घण्टामा कोभिडको संक्रमणबाट १० जनाको मृत्यु भएको छ । अहिले सम्मको मृत्यु दर सवै भन्दा उच्च रहेको छ ! दोस्रो लहरको संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या ४६ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
कोभिड संक्रमणबाट उपचारको क्रममा मृत्यु हुनेहरुमा गौर नगरपालिका वडा नम्बर ४ बस्ने ७० वर्षीय पुरुष जयराम गिरि , गौर नगरपालिका १ बस्ने ५४ वर्षीय इजाजुल मिया , बौधीमाइ नगरपालिका ४ बस्ने ४० वर्षीय महिला हस्मा तारा , बौधीमाइ नगरपालिका ७ बस्ने ३५ वर्षीय विध्यबती देवी , फतुवा विजयपुर नगरपालिका ३ बस्ने असर्फी बैठा , वडा नम्बर ८ बस्ने अवध विहारी राउत , गढि़माइ नगरपालिका ५ बस्ने ४५ वर्षीय फेकन ठाकुर , गरुडा नगरपालिका ५ बस्ने ५३ वर्षीय मोतीलाल साह कलवार , चन्द्रपुर नगरपालिका ८ बस्ने धर्मराज राम , माधव नारायण नगरपालिका १ बस्ने नन्दलाल प्रसाद साह रहेका छन् ।
जिल्लामा उपचारको क्रममा ५ जना तथा जिल्ला बाहिर उपचारको क्रममा ५ जना गरी १० जनाको ज्यान गएकोले रौतहटमा संक्रमणको दर र मृत्यु दर दुवै उच्च रहेकोले सावधानी अपनाउनु जरुरि रहेको छ । जिल्लामा आज ३७ जनामा कोरोनाको संक्रमण पुस्टि भएको छ । ३३ जना पिसिआर र ४ जना एन्टीजेन विधिबाट पोजेटिभ देखिएको जिल्ला अस्पताल गौरले जनाएको छ ।
जिल्लामा कुल संक्रमित ६७६ तथा सक्रिय संक्रमितको संख्या ५७७ रहेको छ । ५४८ जना होम आइसुलेसन तथा २५ जना साधारण उपचारमा रहेका छन् । कोभिड अस्पताल गौरमा १८ जना , परोहा अस्पतालमा १ जना , चण्डीया हेल्थ पोस्टमा ४ जना विरामीको उपचार भैरहेको जिल्ला प्रसाशन कार्यालयले जारी गरेको विवरणमा उल्लेख रहेको छ ।
जिल्लामा आक्सिजनको अवस्था दैनिय हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । बैशाख ३१ गतेमा आक्सिजन भर्नको लागि पर्साको मधु कारखानामा पठाएको ५२ वटा रितो सिलिन्डर कारखानाले अहिले सम्म नपठाएको उहाले बताए । कोरोना विरामी लाइ आक्सिजनको आवश्यकता परिरहेको बेला भर्न पठाईएको सिलिन्डर पालो नआएको भनि पर्खाई रहेकोले राजनीतिक रुपमा पहल गर्नु पर्ने जोड दिए ।
समयमा सिलिन्डरको व्यवस्थापन हुन् नसकेमा विरामीको ज्यान जोगाउन कठिन हुने उहाको भनाइ रहेको छ । चन्द्रपुर कोरोना अस्पताल बाट बैशाख २९ गते २९ वटा सिलिन्डर ढल्केवर पठाएकोमा त्यहि रहेको छ ।
आक्सिजनको चाप बढी रहेको बेला ३७ वटा सिलिन्डर रितो रहेको छ । राजनीतिक दलका नेताहरुले यस प्रति चासो नदेखाए जिल्लामा खाली सिलिन्डरको बाहेक केहि नरहने प्रमुख जिल्ला अधिकारी यादवले ध्यानाकर्षण गराउनु भएको छ ।