रौतहट । यूवा समाजसेवी जितेन्द्र दासको व्यक्तिगत सहयोगमा दुर्गा भगवती गाउँपालिका वडा नं. २ भलोहियाका ५ जना अभिविपन्न गरिब तथा दलित परिवारहरुलाई चामल, दाल, नुन, खानेतेल, साबुन, सोयाबिन लगायतका खाधान सामाग्रीहरु वितरण गरेका छन् ।
वडा नं. २ निवासी दसरथ महतो, हरि दास, बंसी महतो, किशोरी पाण्डे र विनोद मण्डलका परिवारजनलाई उक्त राहत प्रदान गरेको कुरा दासले बताएका छन् ।
युवा दासले आएर आफ्नो पिर मर्का बुझि राहत दिएकोमा ६० वर्षिय पाण्डेले बउवा जितेन्द्र जुग जुग जियो भने आसिर्वाद दिएका हुन ।
ठुलो ठुलो सहयोग दिने संघ संस्था भन्दा आफ्नै गाउँको छोरोले आएर आफ्नो छाक पुरा गरिदिएकोमा धन्यावाद दिदै वडा नं. २ निवासी दसरथ महतो भावुक भएका थिए ।
स्थानिय युवा पवन गुप्ता, विनदेश्वर महतो, देवनाथ महतो, शिवनाथ महतोले युवाको यो सानो योगदानलाई भुल्न नसकिने भन्दै स–धन्यवाद दिएका दिए ।
यता युवा जितेन्द्र दासले भने आफु जन्मेको ठाउ र समाजको लागि यो सानो पहिलो सेवा भएको र आगामी दिनका गाउँ प्रति अझै सेवा भाव राख्दै समर्पित हुने कुरा व्यक्त गरे । ‘दैनिक ज्यालादारी गरी जीविका चलाउनेलाई मर्नु न बाँच्नु भएको छ ।’ आरूको ध्यान अस्पताल बेड र अक्सिजनमा छ भने मेरो ध्यान अतिविपन्न, गरिब माथी रहेको कुरा उनले बताए । आफ्नो टोलको मानिसहरू भोकभोकै भएपछि राहत वितरणको काम थालिएको युवा समाजसेवी दासले बताए । ‘गरिबप्रति कसैको ध्यान पुगेको छैन । धेरै मानिस भोकभोकै छन्,’ उनले भने, ‘यस्तो अवस्था भएपछि थोरै जनालाइ भएपनि म आफ्नो व्यक्तिगत तर्फबाट खाद्यान्न वितरण गरेका छौं ।’
स्थानिय नेता नागेन्द्र महतोले खुसी हुदै युवाको यो प्रयासलाई साकारात्म दृष्टीकोणले हेर्नु पर्ने बताए ।