४ अषाढ
रौतहट जिल्लाको विभिन्न नाकाहरुबाट भन्सार छली गरि ल्याएको अवस्थामा बरामद गरिएको लाखौ मुल्य बरावर समान जिल्ला प्रहरी कार्यालय रौतहटले कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालयमा बुझाएको छ ।
सिमानाकाहरुबाट हुने गरेको राजश्व छली छोरि निकासी पैठारी नियन्त्रण गर्ने अभियान अन्तर्गत वेवारिशे अवस्थामा बरामद गरिएको सर समानहरु भन्सार कार्यालयमा दाखिला गरिएको हो ।
प्रहरी चौकी मठियाबाट खटेको टोलीले बरामद गरेको हिरो होण्डा कम्पनीको ग्लेम्बर मोटरसाईकल अं.मुल्य रु.५०,०००।–(पचास हजार) बराबरको २ वटा , अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं.२ महादेवपट्टी स्थितमा नेपालबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरी भारत तर्फ लैजानको लागि राखेको अं.मुल्य रु.८,१००।–(आठ हजार एक सय) बराबरको २७० वटा सौफी रक्सी ईशनाथ नगरपालिका वडा नं.४ लतमरी स्थितमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएका प्लाष्टिक, खैनी, होर्लिक्स, चिनी, त्रिपाल, कपडा, विस्कुट लगायतका र अन्य सर–सामानहरु अं.मुल्य रु.१,१०,८४३।– (एक लाख दश हजार आठ सय त्रिचालीस) बराबरको समान गरि जम्मा .१,६८,९४३।–(एक लाख अरसठी हजार नौ सय त्रिचालीस भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खुल्ला सिमाना भएको कारण विभिन्न नाकाहरुबाट अवैध रुपमा नेपालबाट भारतमा तथा भारतबाट नेपालमा विभिन्न किसिमका समान भित्रियाउने कार्य हुदै आएको छ ।
सिमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी सिमा सुरक्षा बल र नेपाल प्रहरीका जवानहरु बेला बेलामा भन्सार छलीका समानहरु पक्राउ गर्दै आएपनि पूर्ण रुपमा नियन्त्रण हुन् सकेको छैन ।