रौतहट १३ अषाढ
रौतहट जिल्लाको परोहा नगरपालिकामा सुपर मार्केटको निर्माण कार्य तिब्र रुपमा भैरहेको छ । स्थानीय वडा नम्बर ४ लौकाहामा धेरै बर्ष देखि लाग्दै आएका लौकाहा बजारलाइ सुन्दर र व्यवस्थित बनाउने उदेश्यले तिन तल्ले सुपर मार्केटको भवन निर्माण कार्य भै रहेको हो ।
पंचायतीकाल देखि नै अव्यवस्थित रुपमा संचालनमा रहेका उक्त बजारलाइ आधुनिकीकरण बनाएर स्थानीय कृषि उपजका सामग्रीलाइ बजारीकरण गर्ने उदेश्यले सुपर मार्केटको भवन निर्माणको अवधराना ल्याईएको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलले बताएका छन् ।
नगरपालिकाको लगानीमा सो भवनको निर्माण कार्य शुरु गरिएको मेयर वकिलले बताए ! नगर स्तरीय योजना अन्तर्गत जनमुखी र उपभोगमुखी योजना कार्यन्वयनमा ल्याईएको उहाको कथन रहेको छ ।
२ वर्षे योजना रहेको सुपर मार्केट भवनको निर्माणको लागि यस वर्ष १ करोड ५० लाख रुपैया विनियोजन गरिएको उहाले जानकारी दिए ।
समय मै भवन निर्माण हुनु पर्ने उदेश्यले आफै निगरानी गर्दै आएका नगर प्रमुखले सुपर मार्केटको निर्माण भएपछी परोहा चौकको विकासमा थप उर्जा थपिने बताए । बजार व्यवस्थित भएपछी व्यापारी ,व्यवसायीहरुको आर्थिक समुन्नति हुने विस्वास मेयरको रहेको छ ।
हुलाकी राजमार्ग संग टासिएर रहेको सो बजारबाट कृषि उत्पादनका सामग्रीहरु विभिन्न ठाउमा सहज रुपमा पुग्ने उहाले जनाए ।
तरकारी खेति तर्फमा किसानहरुको लगनशीलता बढ्ने आशा मेयर वकिलको रहेको छ । समय मै निर्माण कार्य सकाउने उदेश्यले तिब्र रुपमा निर्माणको कार्य बढाईएको नगरपालिकाका प्राविधिक इन्जिनियर दिपेन्द्र यादवले बताएका छन् । स्तरीय निर्माण सामग्री प्रयोग गर्नको लागि नियमित रुपमा निरीक्षण अनुगमन गर्दै आएको उहाले जानकारी गराएका छन् ।
रौतहटका अन्य स्थानीय तहको तुलनामा परोहा नगरपालिकाले झल्किने गरि विकास निर्माणका कार्य गरेका छन् । गौर चन्द्रनिगाहपुर देखि रामपुर खाप नेपाल भारत सिमाना सम्म निर्माण गरिएको कालोपत्रे पिच र सडकको दुवै छेउमा सप्रिएको विभिन्न जातका रुखका विरुवाहरुले परोहाको सौन्दर्यतामा बल पुर्याएका छन् ।