रौतहट १० भाद्र
लागु औषध नाईट्रोभेट ट्याब्लेट हालेर पत्रकारलाइ फसाउने घटनामा दोषी देखिएका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरियालाइ कार्यवाहीको माग गर्दै पत्रकारहरुले विहिवार सदरमुकाम गौरमा प्रदर्शन गरेका छन ।
पत्रकार मोहमद मोजिबुल्लाहको मोटर साइकलमा नेपाल प्रहरीका अपराध अनुसन्धानमा खटिएका विशेष प्रहरीको रोहवरमा लागु औषध राख्न लगाईएको सिसि टिभी फुटेजबाट प्रमाणित भएपछी तत्कालिन निमित कार्यालय प्रमुखको जिम्मेवारीमा बसेका चिमोरियाको संलग्नता रहेकोले निलम्बन गरि कानुनी कार्यवाही गर्न दवाव सृजना गर्ने उदेश्यले पत्रकारहरुले सडकमा प्रदर्शन गरेको हो ।
विदामा घर गएका प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहलाइ सार्वजनिक भएको अडियो संवादको अधारम मा जिम्मेवारी खोसिएको भएपनि प्रत्यक्ष रुपमा संलग्न रहेका प्रहरी नायव उपरीक्षक चिमोरियालाइ पनि निलम्बन गरि लागु औषध ओसार पोसारको अभियोगमा मुद्दा चलाउनु पर्ने माग गर्दै पत्रकार हरुले प्रहरी प्रसाशनको विरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेको छ ।
पत्रकार फसाउन पाइदैन , पत्रकार एकता जिन्दावाद , दोषी माथि कार्यवाही गर , डि एस पी चोमोरिया लाइ निलम्बन गर जस्ता नारा लगाउदै मधेशी क्रान्ति चौक बाट निस्केको रैली जिल्ला प्रसाशन कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सभामा सम्वोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश समितिका सदस्य शैलेन्द्र झाले आम नागरिकको सुरक्षाको अभिभारा बोकेका प्रहरी द्वारा निर्दोस पत्रकारलाइ फसाउने गरेको घृणित कार्यमा संलग्न भएकालाइ कानुनी कार्यवाही गर्नु पर्ने माग गरेका छन ।
समाचार लेखेको भर पत्रकारलाइ फसाउने कार्य अनुचित रहेकोले सड्यन्त्रमा संलग्न भएकाहरुलाई कानुनी कार्यवाही गर्नु पर्ने बताए ! कानुनी कार्यवाही गर्न सकिए नभने प्रहरी विरुद्ध पत्रकारहरु चर्को आन्दोलन गर्ने चेतावनी समेत दिए ! नेपाल पत्रकार महासंघ रौतहटका पुर्व अध्यक्ष शैलेन्द्र गुप्ताले प्रहरीको कार्य देखेर कति पय निर्दोष व्यक्ति अपराधी सावित भएर जेल परेको अनुमान गर्न सकिने भएकोले घटनाको निष्पक्ष रुपमा छानविन हुनु पर्ने बताए !