४ कार्तिक
रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले रौतहटलाइ नया केहि दिएर जाने बताउनु भएको छ । उहाले आजको रौतहटलाइ भोलिको दिनमा नयापन बनाउने बताए ।
झापाबाट १८ औ जिल्लाको रुपमा रौतहट आउनु भएका प्रजिअ शाहीले विहिवार जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सम्वोधन गर्दै प्रजिअ शाहीले रौतहटमा सुशासन ,पारदर्शिता कायम गरेर केहि परिवर्तन गरेर देखाउने प्रतिवद्धता जनाए ।
जिल्ला प्रसाशन कार्यालयबाट प्रबाह हुने सेवालाइ चुस्त दुरुस्त बनाउने , आन्तरिक सुधार गर्ने समेत बताए । कार्यालय भित्र भएको कमि कमजोरीलाइ सुधार गर्दै लैजाने बताउदै स्थानीय तहमा हुने अनियमितता प्रति गम्भीरतापूर्वक कार्य गर्ने बताए ।
उनले भने १८ स्थानीय तहमा तिनै तह बाट बजेट आउने गरेकोले कुन तहको कति बजेट आएको र विकास कार्य भएको बारे प्रस्ट गरी समाचार प्रकाशित गर्न संचारकर्मीहरुलाई समेत आग्रह गरे ।
भ्रस्टाचारलाइ न्यूनीकरण गर्न मिडियाको सहयोग अपरिहार्य भएकोले सत्य तथ्य समाचार सम्प्रेषण भए कार्यवाही गर्ने आधार प्रमाण हुने धारणा राखे । प्रमुख जिल्ला अधिकारी शाहीले रौतहट जिल्ला बाढीको उच्च जोखिममा रहेकोले धेरै समस्या उत्पन्न हुने बताए ।
शान्ति सुरक्षाको दृस्टी कोणले संवेदनशिल भएकोले सुरक्षाको चुनौती रहेको जिकिर गर्दै आगामी दिनमा जिल्ला बासिलाइ फरक अनुभूति हुने विश्वास व्यक्त गरे । पहिलाको रौतहटमा अहिले केहि फरक अनुभव गराउने ठोकुवा गरे ।
खुल्ला सिमाना भएकोले अपराधिक क्रियाकलाप बढ्ने चुनौती रहेको बताउदै सवैको सहयोग र सहकार्य मा शान्ति सुरक्षा कायम गर्दै जाने बताए ।
कार्यक्रममा सहभागी भएका संचारकर्मीहरुले किसानको समस्या , कार्यालयबाट प्रबाह हुने नागरिकता , राहदानीमा सेवाग्राहीलाइ भोग्नु परेको समस्या निदान गर्नु पर्ने , स्थानीय तहमा हुने अनियमितता प्रति अनुगमन गर्नु पर्ने , मलखादको आपूर्ति सहज हुनु पर्ने , जिल्ला प्रसाशन कार्यालय मातहतका कार्यालयको छड्के अनुगमन गर्नु पर्ने , बजार अनुगमन लाइ निरन्तरता दिनु पर्ने बारे जानकारी गरेका थिए ।
पत्रकारहरुले राखेको जिज्ञासा समस्या प्रति गम्भीर भएर समाधान गर्ने प्रमुख जिल्ला अधिकारी शाही ले प्रतिवद्धता जनाएका छन् ।