२ मङ्सिर
रौतहट जिल्लाको चर्चित घटनाको रुपमा रहेको लागु औषध काण्डमा ५ जना माथि रौतहट जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ । अनुसन्धानको सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय ले ५ जना माथि आभियोग लगाउदै बुधवार थुनछेक प्रयोजनको लागि अभियुक्त सहित जिल्ला अदालत मा उपस्थित गरेको हो ।
गएको साउन ३२ गते भएको घटनामा पक्राउ परेका मोहमद मोजिबुल्लाहले दिएको जाहेरीको आधारमा लागु औषध नाइट्रोभेट र अपराधिक सड्यन्त्र मुद्दाको अभियोग पत्र रौतहट जिल्ला अदालतमा ४ भएको छ ।
मुदा नम्बर ०७८ सी १ – ०१२४ रहेको मुद्दामा गौर नगरपालिका ४ बस्ने संजय कुमार सहनी , माधव नारायण नगरपालिका ४ बस्ने धिरज यादव , सर्लाही जिल्ला रामनगर गा पा ४ बस्ने जितेश कुमार यादव , जिल्ला बारा विश्रामपुर गा पा १ बस्ने प्रहरी सहायक निरीक्षक उदय प्रसाद यादव र जिल्ला पर्सा कलिकामाइ गाउ पालिका १ बस्ने प्रहरी जवान मनोज कुमार साहलाइ अभियुक्त बनाईएको छ ।
गौर नगरपालिका वडा नम्बर १ बाट लागु औषध १०५ ट्याब्लेट सहित पक्राउ परेका पत्रकार मोहमद मोजिबुल्लाहले ९ जना लाइ आरोपित बनाउदै दिएको जाहेरीको आधारमा भएको अनुसन्धानबाट तत्काल संकलित सवुद्द प्रमाणबाट ३ जनाको हकमा ठोस प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचल्ने निर्णय गरि ५ जना माथि अभियोग लगाईएको दायर भएको अभियोग पत्र जिकिर गरिएको छ ।
सिसि फुटेज बहिरिएपछि निर्दोष सावित भएका जाहेरबाला मोजिबुल्लाहले शुरु जाहेरीमा नाम किटान गरेका गौतम श्रेष्ठलाइ शंकाको आधारमा जाहेरीमा नाम दिएको भनि अनुसन्धानको क्रममा कार्तिक १८ गतेका दिन नेपाल पत्रकार महासंघ रौतहट शाखाको सचिव मदन ठाकुर र अर्का संचारकर्मी प्रवीण टिब्रेबालको रोहवरमा वयान पल्टिएको कारण श्रेष्ठ लाइ प्रतिवादी नबाइएको अभियोग पत्र बाट देखिन्छ ।
मुद्दामा संजाय सहनीको योजना निर्देशनमा अपराधिक कार्यको सड्यन्त्र गरिएको दावी गरिएको छ । अभियोग पत्रमा अभियुक्तलाइ हुनु पर्ने सजायको महलमा “ अनुसन्धानको सिलशिलामा संकलन गरिएका सिसि टिवी फुटेज , एस एम एस , प्रतिवादी जितेश यादव, धिरज यादव , प्रसनि उदय यादव , प्र ज मनोज साह कानु समेतले गरि दिएको वयान . मोजिबुल्लाहले थप गरेको कागज समेतबाट तत्काल यी प्रतिवादी अन्जु झा , रौशन झा , राकेश झा , गौतम श्रेष्ठ , प्रहरी उपरीक्षक शिद्धि विक्रम शाह तत्काल कसुरदार हुन् सकेको अवस्था नहुदा पछि थप सम्बद्ध प्रमाणहरुबाट निजहरुको संलग्नता देखिन आएका बखत मुलुकी फौजदारी कार्यविधि सहिंता २०७४ को दफा ३५ बमोजिम नै हुने हुदा हाल निजहरु उपर मुद्दा नचलाउने निर्णय गरिएको “ उल्लेख गरिएको छ ।
हाल सम्मको अनुसन्धानको क्रममा जहेरवाला मोहमद मोजिबुल्लाह र शेख अतिउल्लहको उक्त बरदातमा संलग्नता रहेको नदेखिएकोले पछि ठोस प्रमाण सहित खुली आएका बखत कानुन बमोजिम हुने उल्लेख गरि दायर भएको अभियोग पत्रमा अभियुक्त बनाईएका संजय सहनीको मुख्य योजना तथा सड्यन्त्रमा जितेश यादव र धिरज यादव ले ओसार पसार गरि मोटर साइकलमा बढ्ने कार्य गरेकोले लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ४ को देहाय घ र च तथा मुलुकी अपराध सहिंता २०७४ को दफा ३३ (१),(२) विपरितको कसुर अपराध गरेकोले प्रतिवादी संजय सहनी , जितेश यादव र धिरज यादवलाई लागु औषध नियन्त्रण ऐन २०३३ को दफा १४(१) (झ ) र मुलुकी अपराध सहिंता २०७४ को दफा ३३ को उपदफा (३) को खण्ड (क) बमोजिम सजाय माग दावी गरिएको छ ।
प्रतिवादी प्रसनि उदय यादव , प्र ज मनोज साह कानुले फसाउने कार्यमा संलग्न भएको देखिएकोले लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ४ (घ ) र (च ) को निषेधित कसुर सड्यन्त्रमा दुवै जना प्रतिबादिलाई मुलुकी अपराध सहिंता २०७४ को दफा ३३ (१),(२) विपरित कसुर गरेकोले लागु औषध नियन्त्रण ऐन ३३ को दफा १४ (१) झ बमोजिम हुने सजायमा मुलुकी अपराध सहिंता २०७४ को दफा ३३ को उपदफा ३ को खण्ड क बमोजिम सजाय हुने माग दावी गरिएको छ ।
नेपाल पत्रकार महासंघ को अगुवाईमा घटनाको छानविन गर्नु पर्ने माग सहित गरिएको आन्दोलनको कारण नेपाल सरकारका गृह मन्त्रालयले एसएसपीको नेतृत्वमा गठन गरेको उच्च स्तरीय छानविन समिति , नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले गठन गरेको छानविन समितिको प्रतिबेदन मुद्दामा समावेश गरिएको छैन । प्रतिबेदन नै गौण गरिएको अवस्था रहेको छ ।
अनुसन्धानको क्रममा बुझिएका तत्कालिन प्रहरी उपरीक्षक शिद्धि विक्रम शाहले घर विदामा गएको बखत संजय सहनीले मेरो व्यक्तिगत मोबाइल नम्बरमा फोन गरि केहि सुचना छ प्रहरी सम्पर्क गरे दिनु भनेको कागज गरेका छन् । संजय सहनी संग के सुचना हो भनि यथार्त बुझ्नको लागि प्र स नि उदय यादवलाई भने कागजमा उल्लेख गरिएको छ ।
सुचनाको आधारमा मोहमद मोजिबुल्लाहको मोटर साइकल चेकजाच गर्दा कालो प्लास्टिकको झोलामा ७ पता नाईट्रो भेट फेला परेपछि प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमोरियालाइ जानकारी गरे उहाको निर्देशनमा मोजिबुल्लाह र अतिउल्लहलाइ जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुपमा बुझाई सोको हजेरी शिद्धि विक्रम साहलाइ गरेको वयान गरेका छन् ।
अनुसन्धानको क्रममा प्रहरी जवान विनेश प्रसाद यादव , कृष्ण मोहन सिंह , उमेश सहनीले जाहेर बालालाइ फसाउने कार्यमा संजय सहनी ,धिरज यादव , जितेश यादवको संलग्नता रहेको कुरा सुनी थाहा पाएको र प्र स नि उदय यादव , प्र ज मनोज साह कानु र जाहेरीमा उल्लेखित अन्य प्रतिवादीको संलग्नता सम्वन्धमा कुनै थाहा जानकारी नरहेको एकै मिलानको कागज गरेको छ ।
लागु औषध सहित तत्काल प्रक्राउ परेका मोजिबुल्लाहले ८ दिन थुनामा रही रिहा भए लगतै सामाजिक संजालमा फरक फरक अभियक्ति दिने गरेको र जाहेरी दिदा नाम समावेश गरे पनि पछि वयान फेरिएको पछाडी केहि आर्थिक चलखेल हुन् सक्ने आशंका गरिएको छ ।
जाहेरबाला मोजिबुल्लाहले कुनै किसिमको आर्थिक लाभ नलिएको भन्दै आएका छन् । अभियोग पत्र दायर भएपछी आरोपितहरुको वयान लिने कार्य शुरु गरिएको जिल्ला अदालतले जनाएको छ । थुनछेक आदेश सोमबार सम्म आउँन सकिने सम्भावना रहेको छ ।