रौतहट १३ पुष
डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आम हड्तालको पुर्व सन्ध्यामा रौतहट जिल्लाको विभिन्न ठाउमा मशाल जुलुस निकालेका छन ।
पक्राउ परेको किसानको रिहाई तथा किसानको लागि चाहिने राहत लगायतका माग हरु राख्दै पुष १४ गते घोषणाको आम हड्तालको सफल बनाउनका लागि जनमत पार्टीका कार्यकर्ताहरुले प्रहरी प्रशासन विरुद्ध नारावजी गर्दै मशाल जुलुस निकालेका हुन् ।
समयमा मलखाद तथा विउ विजनको व्यवस्था गर , सिचाईको व्यवस्था तथा किसानको लागि निशुल्क विधुतको व्यवस्था गर , हावा हुरी , वर्ष तथा मौशमको कारणले हुने बालि नाली क्षतिको उचित राहतको व्यवस्था हुनु पर्ने , फसलको उचित मुल्य कायम गर , उखु किसानको बाकी रकम भुक्तानी गर , पक्राउ परेका आन्दोलनकारीलाइ रिहा गर जस्ता माग राखी आम हड्ताल अन्तर्गत रौतहट जिल्ला बन्द को घोषणा गरिएको जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादवले बताएका छन् ।
जनमत कार्यकर्ताहरुले बन्द सफल बनाउनको लागि गौर , गरुडा , चन्द्रनिगाहपुर लगायतका ठाउ मा राको जुलुस प्रदर्शन गरेको हो । बन्दको समयमा खाना नास्ता , औषधि पसल लगायत अति आवश्यक सेवा बाहेक अन्य सवै बन्द रहने जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटले जनाएको छ ।
घोषित कार्यक्रमलाइ प्रभावित पर्ने उदेश्यले व्यापक रुपमा प्रहरी परिचलन गरिए पनि जनमतका कार्यकर्ताहरुले मशाल जुलुस निकाल्न सफल भएका थिए ।