रौतहट । बैशाख २४ । आउदै गरेको बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि अहिले चारै तिर उम्मेदवारहरु मतदाता रिझाउन घर दैलोमा व्यस्त रहेका छन् । रौतहटमा पनि मतदाताको घर घरमा पुगी आफुलाई सहयोग गर्न उम्मेदवारहरुलाई भ्याईनभ्याई भएको छ । निर्वाचन त हुनु नियमित प्रक्रिया हो तर रौतहटमा भने यसपालि पालिकाको नेतृत्व लिन महिलाहरु अगाडि आउनुले रौतहटको महिलाहरूको लागि खुशीको खबर हो । हमेसा महिलालाई सहायकको भुमिकामा देखिने नजरमा फरक देखिएको छ । रौतहटमा १६ नगरपालिका र २ गाउँपालिका गरेर १८ स्थानीय तह रहेको छ जसमध्ये यसपालि १० वटा पालिकाहरुमा १७ जना महिला नेतृहरुले पालिकाको नेतृत्व गर्न अगाडि आएकीछिन । संघियता पछिको पहिलो स्थानीय तहकको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट मधेस प्रदेशमै एक्ली महिला नगर प्रमुखमा निर्वाचित भएकि रिना साह फेरि पनि नेकपा एमालेबाट प्रमुख पदमै मौलापुर नगरपालिकाबाट उम्मेदवारी दिएकीछिन् । त्यस्तै आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गौर,राजदेवी,ईसनाथ,राजपुर,देवाहीगोनाही,फतुवाविजयपुर,मौलापुर,माधवनारायण,परोहा र गुजरा नगरपालिकामा महिला नेतृहरु आफ्नो उम्मेदवारी दिएकीछिन् । गौर,राजदेवी,माधवनारायण नगरपालिकामा निवर्तमान उप प्रमुख रहेकी क्रमशः गौरमा जसपाबाट किरण ठाकुर, राजदेवीमा नेकपा एमालेबाट अंशु सिंह र माधवनारायणमा नेकपा एमालेबाट सिमल कुमारी साहले यस पालि प्रमुख पदमा उम्मेदवारी दिएकीछिन् । ईसनाथ नगरपालिकामा विगत लामो समय देखि समाजिक कार्यमा संलग्न रहदै आएकी अंजु झा नेपाली काँग्रेसबाट,कौशल्या देवी लोसपाबाट र स्वतन्त्रबाट मुरली देवी प्रमुख पदको लागि उम्मेदवारी दिएकी हुन् ।
राजपुर नगरपालिकामा बहुजन शक्ती पार्टीबाट रम्भा देवी,नेकपा एमालेबाट शर्मिला कोइराला, राजदेवीमा नेकपा एमालेबाट अंशु सिंह र स्वतन्त्र उम्मेदवार अनिता सिंह,फतुवा विजयपुरमा जसपाबाट ममता कुमारी,माधवनारायणमा राप्रपा निर्मला कुमारी,स्वतन्त्रबाट विनिता देवीसाह, मौलापुरमा स्वतन्त्रबाट सावित्री कुमारी,देवाही गोनाहीमा जसपाबाट मधुलिका रानी पटेल, परोहामा जनमतबाट निर्मला पटेल र गुजरामा स्वतन्त्रबाट इन्द्र कुमारी रामले प्रमुख पदमा उम्मेदवारी दिएकीछिन् । २०७४को निर्वाचन भन्दा २०७९को निर्वाचनमा अत्याधिक महिलाहरुले पालकिाको नेतृत् वगर्न अगाडी आएकिछिन् । महिलाले नेतृत्व गर्न न सक्ने समाजमा स्थापित रहेको सोचलाई रौतहटका महिलाले परिवर्तन गर्ने उदेश्यले प्रमुख पदमा उम्मेदवारी दिएकिछिन् । महिलाले पनि नेतृत्व गर्न सक्ने यस पालिको उम्मेदवारीले स्पष्ट भएको देखिन्छ ।