रौतहट । रौतहटको मुख्य भंसार गौर भन्सार कार्यालयमा कृषितथा फुड क्वारेन्टाइनको माग राख्दै गौरका व्यावसायीहरुद्वारा धर्ना प्रदर्शन सुरु गरिएको छ ।
गौर भन्सार कार्यालयमा कृषि तथा फुड क्वारेन्टाइनको व्यवस्था न रहेकोले गौरका व्यापारी व्यावसायीहरुलाई अन्य जिल्लाको भंसार कार्यालयहरुबाट सामाग्री ल्याउनु पर्ने बाध्यात्मक अवस्था रहेकोले क्वारेन्टाइनको माग राख्दै गौरका व्यावसायीहरुद्वारा आज आइतवार देखि धर्ना प्रदर्शन सुरु गरिएको हो ।
रौतहटको व्यापारीहरुलाई वीरगञ्ज र सर्लाही नाकामा गएर झन्झटिलो भईरहदा पटक पटक सम्बधित निकायलाई ध्यानाकर्षण गराउँदा समेत कुनै वास्ता नगरेपछि बाध्य भएर रौतहटका व्यापारी व्यवसायीहरु धर्ना प्रदर्शनमा सुरु गरेको व्यापारी कौशल साहले बताउनु भयो ।
गत चैत ३१ गौरका व्यापारी कौशल साहको नेतृत्वमागौर भन्सार कार्यालयमा कृषि तथा फुड क्वारेन्टाइन स्थापनाको माग गर्दै गौर भन्सार कार्यालय प्रमुखमार्फत् अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।
अर्थ मन्त्रीसहित सम्बध निकायलाई वैंशाख ६ गते सम्म समस्या समाधान नगरिए वैशाख ७ देखि १५ गते सम्म शान्तिपूर्ण रुपमा धर्ना प्रदर्शन गर्ने र वैशाख १६ गते देखि अनिश्चितकालिन भन्सार कार्यालयमा तालाबन्दी गर्ने ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराइएको थियो ।
ज्ञापन पत्र बुझाए पनि क्वारेन्टाइन स्थापनाको लागि कुनै पहल न भएकोले पुर्व निर्धारित कार्यक्रमअनुसार आज देखि व्यापारी व्यवसायीहरु गौर भंसार कार्यालय अगाडी धर्ना प्रदर्शन कार्यक्रम सुरु गरेको व्यापारी साहले जानकारी गराउनु भयो ।
रौतहट जिल्लामा रहेका व्यापारीहरुलाई खाद्यान्न, फलफुल, तरकारीलगायतका सामाग्रीहरु भारतबाट ल्याउँदा गौर भन्सारमा कृषि तथा फुड क्वारेन्टाइनको अभावमा वीरगञ्जर मलंग्वानाका भएर ल्याउनु पर्दा ढुवानी खर्च बढि हुँदा व्यापारीहरु मर्कामा पर्ने गरेको छ ।
बि.सं.२०३३ सालमागौर भन्सार कार्यालयको स्थापना भएपनि कृषि तथा फुड क्वारेन्टाइनको व्यवस्थापन न हुँदा गौर भन्सार कार्यालयको बार्षिक लक्ष्य समेत प्रभावितहुदै आएको छ । हिमालय टाइम्स