रौतहट । बैशाख ८ । राैतहटबाट श्राेत न खुलेको १० लाख नेपाली रुपैयाँ सहित एक जना भारतीय नागरिकलाई राैतहट प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्लाकाे मौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामबाट अबैध १० लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिकलाई ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

माैलापुर नपा वडा ६ पथराबुधराममा सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गरि रहेकै वेला माेटरसाईकलकाे सिट मुनि लुकाएर राखेकाे अवस्थामा श्राेत न खुलेकाे १० लाख नेपाली रुपैयाँ बरामद भएको हाे ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा सिट मुनि राखिएको झोलाबाट १ हजार दरकाे नाेट ६ सय थान र पाँच सय दरकाे ८ सय थान गरि जम्मा १० लाख स्रोत नखुलेकाे नेपाली रूपैयाँसहित भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बस्ने २३ वर्षीय राज किशोर ठाकुरलाई आइतबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता तथा डिएसपी दिपक कुमार रायले जानकारी दिनु भयाे ।

चेकजाँचकाे क्रममा पक्राउ परेकाे मोटरसाइकल र माेटरसाईकल चालक भारतीय नागरिक राजिकशाेरलाई नियन्त्रणमा लिई बरामद रुपैयाँ सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेकाे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।