रौतहट
रौतहट जिल्लाको दुर्गाभगवती गाउपालिकाका अध्यक्ष अरुण साहले उदाहरणीय कार्य गरेको लाभान्वित समुदायका व्यक्तिहरुले बताएका छन ! लोपोन्मुख समुदाय डोम जातीको लागि सुविधा संपन्न पक्की निर्माण गराएकोले लाभग्राहीहरुले अध्यक्ष साहको कार्यलाई छूटै पहिचान बनाउने कार्यको संज्ञा दिएका हुन ।
बागमती नदी कटानको कारन अलपत्र अवस्थामा परेका ६ जना घरपरिवारलाइ व्यवस्थित गराउनको लागि सुविधा सहितको पक्की भवन निर्माण गराएको गाउ पालिका अध्यक्ष साहले बताएका छन । अरुको जग्गामा फूसको झोपडी बनाएर कठिन जीवन निर्वाह गर्दै आएका डुम समुदायलाइ गाउँपालिका अध्यक्ष स्तरीय योजना अंतर्गत करीव ७१ लाखको लगात ६ जना परिवारको लागि भवनको निर्माण गरिएको र हस्तानांतरण गर्ने अन्तिम रुपमा रहेको अध्यक्ष साहले बताए ।
१८ वटा स्थानीय तह रहेको रौतहटमा दुर्गाभगवती गाउँपालिकाले एउटा छूटै पहिचान बनाउन सफल भएको छ । सामाजिक ,आर्थिक ,राजनितिक रुपमा पछि पारिएका समुदायको व्यव्हार ,जीवन स्तरमा परिवर्तन ल्याउने अध्यक्ष साहको कार्य भविष्यमा उदाहरणको रुपमा लिइने छन ।
शिक्षा ,रोजगारीबाट बंचित भएका दलित समुदायको लागि कार्य गर्ने लक्ष्य रहेको बताउँदै अध्यक्ष साहले आगामी दिनमा मुसहर जातीको लागि घर बनाई दिने योजना रहेको प्रस्ट परे । लकडाउनको कारण रंगरोदनको कार्य प्रभावित भएकोले आर्थिक मासांत भित्रमा निर्माण गरिएको भवन उद्घाटन गरी जिम्मा लगाउने जनाए । झुपड़ीमा बसेको दिन गएको भन्दै दिनेश मल्लीले खुसी व्यक्त गरे ।
उहाले अध्यक्ष साहको धन्यवाद दिदै बसनको लागि भवन बनाई दिनु भएकोले आभारी रहने बताए । झकरी देवी , सोना देवी , चम्पा देवी मल्लीले खÞुशी व्यक्त गर्दै रोजगारीको व्यवस्था गराई दिन समेत आग्रह गरे ।