१९ मङ्सिर
प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले संघीय सरकारको कार्य प्रति आक्रोशित हुदै विधिको शासन को धज्जिया उडाउने गरेको बताउनु भएको छ ।
शुक्रवार रौतहट जिल्लाको सदरमुकाम गौर स्थित प्रदेश कÞानूनी सहायता अधिकृतको कार्यालय उदघाटन समारोहमा सम्वोधन गर्दै राज्य मन्त्री यादवले नेपाल सरकारका नेतृत्व गर्ने पार्टीका प्रधानमंत्री केपी शर्मा ओलीले विधिको साशन अनुरूप साशन नचलाई कानूनको विपरीत कार्य गर्ने गरेको टिपण्णी गरे ।
राज्य मन्त्री यादवले नेपालको संविधानले गरेको व्यवस्था अनुकूल सत्ताधारी पक्ष कार्य गर्ने गरेकोले मुलुकमा अराजकता , दण्डहीनता , भ्रस्टाचार मौलाएको दावी गरे । नेपाल संघीयतामा प्रवेश गरेको भएपनि सरकारले संघीयता र लोकतन्त्रको विरुद्ध बलपूर्वक कार्यहरु गर्ने गरेको उहाको ठहर रहेको छ ।
केहि नेताले स्थानीय प्रशासन ,प्रहरीलाइ आफ्नो अनुकूल चलन दवाव दिने गरेको उल्लेख गर्दै राज्य मन्त्री यादवले मुलुक रूल अफ ल‘ अनुसार चल्नु पर्ने धरना व्यक्त गरे ।
प्रदेश सरकारलाइ अधिकारविहीन बनाउने संघीय सरकारको सडयंत्रको विरुद्धमा प्रदेश सरकारले पटक पटक कÞानूनी लड़ाई लड़ने गरेकोले अधिकार संरक्षण र आन्दोलनबाट प्राप्त उपलव्धिलाई सस्थागत गर्न कानूनको पूर्ण पलना हुनु पर्ने जरुरी रहेकोले प्रदेश सरकारकर प्रदेश कÞानूनी सहायताको स्थापना गरेको बताए ।
गरीव , असहाय , अशक्त , नागरिकता विहीन , नबालक , महिला ,दलित ,मुस्लिम ,आर्थिक र सामाजिक रुपमा पछड़ी परेकाहरुलाई त्रिसूलक रुपमा कÞानूनी सेवा प्रदान गर्ने उदेश्यले स्थापना गरिएको प्रदेश कÞानूनी सहायता केन्द्रबाट लक्षित व्यक्ति ,समुदायले न्याय पाउने विश्वास व्यक्त गरे । राज्यमंत्री यादवले कानूनको निष्पक्ष ,स्वतंत्र रुपमा पलना नभए सम्म मुलुक समृद्ध नहुने जिकिर गर्दै कानूनको पालनामा जोड़ दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इंद्रदेव यादवले प्रदेश सरकारले आर्थिक रूपले कमजोर भएकाहरुको लागि सहज रुपमा न्याय पाउने गरी गरेको प्रदेश कानून सहायता केन्द्रको स्थापनाको कार्य सराहनीय भएको बताए ।
रौतहट जिल्ला अदालतका उपसचिव सुशिल कुमार यादवले लक्ष्य अनुसारको कार्यमा सफलता होस भनी शुभकामना दिदै यस्मा हुने सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कÞानूनी सहायता अधिकृत अधिवक्ता राम उदय राय यादवको सभापतित्वमा संपन्न भएको उदघाटन कार्यक्रममा नेपाल बार एसोशिएसन का अध्यक्ष राजाराम यादव , जिल्ला न्यायधिवक्ता सुभास कुमार भटराई , पूर्व अध्यक्ष राम सहाय राय यादव , अधिवक्ता आफताव आलम लगायतका कानून व्यवसायीहरुले आ आफ्नो विचार व्यक्त गरेका थिए ।