रौतहट ।। गौर नगरपालिका यतिबेला कोरना भाइरस प्रभावित समुदायलाई राहात वितरणमा केन्द्रीत भएको छ । न्यून आय भएका, डोम, दलित, विपन्न समुदायलाई लक डाउनको समयमा राहात बितरण गर्न कार्य निरंतरता दिएको छ । आज सनिवार गौर नपा.को वार्ड नं. १ र ७ मा करिव ४ सय गरिव, विपन्न परिवारलाई राहत वितरण गरिएको नगर प्रमुख अजय कुमार गुप्ताले जानकारी गरएको छ । वार्ड नं. १मा २ सय ७५ गरिव परिवार र वार्ड नं. ७का एक सय ४२ दलित, अति गरिव विपन्न परिवारलाई आजै सनिवार एकै दिन राहत वितरण गरिएको समेत नगर प्रमख अजय कुमरा गुप्ताले जनाए । नगरप्रमुख गुप्ताको अनुसार, तिनटै वार्डका ६ सय परिवारलाई चामल १० कोलो ,दाल डेढ किलो , खाने तेल ५ सय ग्राम , आलू ३ किलो , नून १ किलो र साबुन १ पीस वितरण गरिएको हो । कोभीड़ १९ को संक्रमण नियंत्रण गर्ने उदेश्यले नेपाल सरकारले देश व्यापी रुपमा लकडाउन घोषणा गरे पछि गरीव मजदुर विपणन परिवारलाइ दैनिक जीवन कठिन भएकोले गौर नगर क्षेत्रमा नगरपालिकाले खाद्यान्न सामग्री वितरण गरि रहेको नगरप्रमुख गुप्ताको भनाई रहेको छ ।