राकेश यादव , १६ श्रावण
विभिन्न ठाउबाट शंकास्पद रुपमा पक्राउ परेका सवारी साधनहरु कार्यवाहिको लागि जिल्ला भन्सार कार्यालयमा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आवशयक अनुसन्धान गरी पक्राउ परेको २२ लाख मूल्य बरावरको मोटर साइकल , चार पांग्रे गाडीहरु कार्यवाहिको लागि विहिवार भन्सार कार्यालय पठाएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट ऋचष्mभ क्ष्लखभकतष्नबतष्यल त्भबm (ऋक्ष्त्) मा खटिएको प्रहरी टोलीले ऋयखभचत इउभचबतष्यल को माध्यमबाट बिभिन्न मिति,समय र स्थानहरुमा चेक जाँच गर्ने क्रममा स्कारपियो १ थान पिक अप १थान र बिभिन्न कम्पनीका मोटरसाईकल शंकास्पद लागी पक्राउ गरी यस कार्यालयमा ल्याई अनुसन्धान कार्य गरी अनुसन्धान कार्य पश्चात स्कार पियो १ थान पिक अप १थान गरी अन्दाजी मुल्य रु १२,००,०००।((बाह्र लाख) र बिभिन्न कम्पनीका ३० बटा मोटरसाईकलहरुको अन्दाजी मुल्य रु १०,००,००।((दश लाख) समेत गरी जम्मा गरी रु २२,००,०००।( (बाईस लाख) बराबरको सवारी साधनहरु भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।