संजय मिश्रा रौतहट ५ भदौ कपोल कल्पित कुरोहरु राखेर जनतामाझ अनेक भ्रम फैलाउनुका साथै ब्यक्तीको चरित्र हत्या गर्ने नेपाल क्मयुनिष्ट पार्टी प्रदेश २ का सदस्य अशोक भन्ने सुरेन्द्र जयसवाल माथी कार्यवाहीको माग गरीएको छ ।
कम्युनिष्ट पार्टीमा गद्धार चरित्र भएका केही कार्यकर्ताका साथै पत्रकार सम्मेलन गरी पार्टीको निति बिपरीत गुटगत खेती,निच हर्कत,गैरजिम्मेवार प्रवृती लिएर अरुमाथी दोसारोपन गर्ने प्रदेश कमिटि सदस्य जयसवाल माथी कार्यवाहीको माग गरीएको हो ।
नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का सदस्य एवं पुर्व केन्द्रिय सदस्य उपेन्द्र साहले एक बिज्ञप्ती प्रकाशित गरी अशोक भनिने सुरेन्द्र जयसवाल माथी पार्टी निति बिपरीतको अभियोगमा कडा भन्दा कडा कार्यवाहीको माग गरेका हुन ।
२०७४ को स्थानिय निर्वाचनमा जिल्लाका १८ वटा पालिका मध्ये ६ वटा नगरपालिकामा अशाकले आफना आसपासेहरुलाई मेयरको टिकट दिलाएकोमा जन बिश्वासको अभावमा क्रमश.ं गरुडा,परोहा, ईशनाथ,राजपुर लगायतका उमेदवारहरु पराजितको मुख हेर्नुुपरेको बिज्ञप्तीमा उलेख रहेको छ ।
प्रदेश कमिटि,जिल्ला,नगर,गाँउकमिटिमा आरोप लगायनु आफैमा लज्जास्पद रहेको प्रदेश कमिटि सदस्य उपेन्द्र साहद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा उलेख रहेको छ ।
उक्त कमिटिहरु केन्द्र,प्रदेश जिल्ला कार्यदलको सहमतीमा भएकाले त्यसको दोषारोपन पार्टी प्रदेशका अध्यक्ष सांसद प्रभु साह माथी थुर्पानुको कुनै औचित्य नरहेको बिज्ञप्ती मार्फत प्रस्ट पारीएको छ ।
कसैको ब्यक्तीगत चरित्र हत्या गर्ने र अनेक भ्रामक प्रचारमा लाग्ने सुरेन्द्र जयसवाल जस्ता ब्यक्तीहरु बाट सचेत रहन सबै कार्यकर्ता संग अनुरोध गरीएको छ ।
बुधवार जिल्ला सदरमुकाम गौर स्थित नेकपा प्रदेश कमिटि सदस्य अशोक भनिने सुरेन्द्र जयसवालका साथै २०७४को स्थानिय निर्वाचन अघि नै तत्कालिन माओबादी पार्टी परित्याग गरी बिभिन्न दलको टिकट बाट उमेदवारी समेत दिसकेका समिलित एकटोलीले पत्रकार सम्मेलनको आयोजना गरेको थियो।
उक्त पत्रकार सम्मेलनमा जयसवालले प्रदेश कमिटिका बर्तमान अध्यक्ष सांसद प्रभु साहले टिकट बितरण लगायत बिभिन्न कमिटि गठनमा आफनो गुटगत स्वार्थ अघि सारेकाले जिल्लामा पार्टीको अवस्था कमजोर भएको भन्दै अध्यक्ष साह माथी पार्टीद्धारा कार्यवाहीको माग गरेका थिए ।