राकेश यादव , १६ कार्तिक
प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मंत्री शैलेन्द्र साहले कृषि मंत्रालयका काम देखेर प्रतिपक्षी दल आतिएको बताएका छन । प्रदेश सरकारका कृषि मंत्रालयले प्रदेशका कृषि उत्पादन बढाउनका निमित किशन मुखी योजना कार्यान्वयनमा ल्याएको देखेर संघीय सरकारका नेतृत्व गर्ने नेकपाका नेताहरु आतिएको टिपण्णी गरेका छन ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवं प्रदेश २ का पार्टी अध्यक्ष प्रभु साहलाइ भूमि व्यवस्था कृषि तथा सहकारी मंत्रालयको कार्यमा अनियमितता भएको भनी प्रमाणित गरेर देखाउन खुल्ला रुपमा चुनौती दिएका छन । संचारकर्मीहरु सित कुरा गर्दै मंत्री साहले विना आधार आरोप लगाउनु राजनितिक व्यक्तिलाइ शोभा नदिने तर्क गरे ।
प्रदेश सरकारले किसानको लागि अनुदानमा ट्रेक्टर लगायतका कृषि उपकरण उपलब्ध गराएकोले नेकपालाइ ठूलो झटका लागेको बताए । वहाले कृषि मन्त्रालयमा कुनै किसिमको अनियमिता नभएको र प्रदेश सरकारले पारदर्शी रुपमा कार्य गरेको दावी समेत गरेका छन । आफै अनियमिता गर्ने र अरुलाई दोष लगाउने कार्य हास्यास्पद रहेको बताउँदै मंत्री साहले मंत्रीले आफ्नो खातामा रकम राखेको प्रमाण पेश गर्न समेत चुनौती दिए ।
जनताको हकÞ हितको सरकार र पार्टी भएको भन्ने पार्टीले महिला अधिकारको हन्न गर्दै देशको गरिमा धराशाही गरेको जिकिर गरे । पूर्व सभा मुख कृष्ण बहादुर महराको कार्यले सिंगो देश बदनामीको शिकार भएको बताए ।
उनले अरु माथि विना आधार प्रमाण आरोप लगाउनु भन्दा आफुले के गरेको ,पार्टीले के गर्दै आएको ,आफ्नो कार्यले जनता उत्साहित रहेको छ छैन हेर्नु पर्ने सुझाव दिएका छन । मंत्री साहले चलनी हसे बढ़नी के उखान भन्दै पूर्व मंत्री साहलाइ आफ्नो छविको बारेमा चित्रण गर्न आग्रह गरेका छन ।