११ फालगुन
२) प्रदेश २ का मुख्यमन्त्री महमद लालबावु राउत गदीले अव प्रदेशका छोरी एसपी हुने बताउनु भएको छ । रौतहट निर्वाचन क्षेत्र नं.१ ख् विधान सभाका सदस्य एवम प्रदेश सरकारका कृषि, भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले निर्वाचन क्षेत्र स्तरी शुरु गरेका सरसफाई तथा सडक विकास बचाउ अभियानको शुभारम्भ गर्नका लागी रौतहटको माधव नारायण नगरपालिका अन्तृगत माधोपुर बजारमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले सम्वोधन गर्दै यस्तो बताएका हुन ।
प््रादेश सरकारले ल्याउन लागेको प्रदेश प्रहरी ऐनमा ५० प्रतिशत महिलाको आरक्षण गरेकोले प्रदेशको छोरी प्रहरी प्रमुखको भुमिकामा हेर्न पाउने भन्दै प्रदेश सरकारले संचालन गरेको बेटी पढाउ बेटी बचाउ अभियान अन्र्तगत शुरु गरिएको छोरी विमा कार्यक्रम विश्वको लोकप्रिय कार्यक्रम रहेको दावी गरे ।
म्ुख्यमन्त्री राउतले माघ ५ गते देखि जन्मिने प्रदेश भित्रको जुन सुकै समुदाय वर्गको छोरी तिन लखिया भएको जिकिर गर्दै स्थानिय तहले आफनो तर्फवाट ३ लाख थप गरी ६ लखिया बनाउन स्थानिय प्रमुख सित आग्रह गरे । मुख्यमन्त्री स्वच्छता अभियान सफल बनाउनका लागी प्रत्येक गाउमा २० जना बेरोजगार युवालाई स्वच्छता अभियानीको रुपमा नियुक्ति गर्ने प्रदेश सरकारले कानुन बनाउन लागेकोले बेरोजगारी समस्याको न्युनिकरण हुने दावी गरे ।
प््रादेश सरकार प्रदेशको विकासशिल समुन्नत प्रदेश बनाउने परिकलपना गरेको जनाए । उनले भने समृद्ध प्रदेशको लागी सोच परिवर्तन अपरिहार्य रहेका छ । सामाजिक ,आर्थिक समृद्धिको लागी मान्सिक परिवर्तन जरुरी छ । विकसित र स्वच्छ समाजको परिकलपना गर्नलाई सरसफाइ आवश्यक रहेको वताउदै गाउ , समाज, टोलको स्वच्छ बनाउने अभिभारा प्रदेश सरकारले लिएको सहयोग गर्न सवैलाई आग्रह गरे ।
मुख्यमन्त्री राउतले प्रदेश सरकार स्वच्छता अभियान जानकी मन्दिरवाट शुरु गरेको र प्रदेश भित्रको सवै धर्मालम्वीहरुको मठ मन्दिरको विकासको कार्य प्रारम्भ गरेको जनाए ।
कार्यक्रममा राज्यमन्त्री योगेन्द्र यादवले मुख्यमन्त्री स्वच्छता अभियानको सफलताको लागी सरसफाई अभियान संचालन गरेको बताए । स्वच्छताले नगर गाउ सफा सुन्दर हुने तथा विभिन्न किसिमका रोग मनमा भएको ,विकृति ,विसंगतीको अन्त्य हुने जिकिर गरे ।
माधव नारायण नगरपालिकाका प्रमुख विरेन्द्र प्रसाद यादवले २०७५ माघ ५ गते देखि नगरपालिका भित्रमा जन्म भएको छोरीलाई नगरपालिका वाट ३ लाख थप गरी ६ लाखको विमा गराउने घोषणा गरेका छन ।
सरसफाई अभियानको शुभारम्भ गरेपछि मुख्यमन्त्री राउतले राज्यमन्त्री यादवले रचना गरेको सरसफाई सम्वन्धी जा जा ए भैया दिया यी खवरीया भन्ने गीतको विमोचन गनुको साथै वागमति नदीको बाध निरिक्षण तथा स्थानिय वडा नं.९ गढोमा सामुदायिक भवनको शिलानयास समेत गरेका छन ।