२७ मङ्सिर
रौतहट जिल्लाको मौलापुर नगरपालिका वड़ा नम्बर ८ सोनरनियामा रहेका जनता माध्यमिक नमूना विद्यालयको भवन निर्माणमा व्यापक रकम हिनमिना भएको छ ।
नमूना विद्यालय भए पछि तह नया भवन निर्माण गर्न को लागि नेपाल सरकारले दिएको पहिलो किस्ताको १ करोड़ ५० लाख रकममा अनियमिता भएको स्थानीयहरुले बताएका छन । नमूना विद्यालयको सूचीकृत भएको विद्यालयलाइ नेपाल सरकारको शिक्षा विभागले भौतिकपुर्वा विकासको लागि रकम दिने गरेको छ ।
विद्यालयको भवन निर्माणको स्थानीय तह मार्फत विद्यालयको खातामा जाने रकम नगरपालिकाले आफ्नो मातहतमा राखेर उपभोक्ता समिति गठन गरी भवन निर्माणको कार्य सञ्चालन गरेको छ । भवनको फाउंडेशनको कार्य संपन्न नभए पनि ७५ लाख रकम खर्च भएको जानकारी हुने वित्तिकै स्थानीयहरुले भवन निर्माणको कार्य रोकेका छन । स्थानीय पशु राम यादवले भवन निर्माणको लागि नगर प्रमुखले कुनै जानकारी नदिइएको बताएका छन ।
विद्यालय र स्थानीयलाइ राखेर उपभोक्ता समिति बनाउनु पर्नेमा नगरप्रमुखले कसैलाइ जानकारी नगराई आफ्नो नजिकको व्यक्तिलाइ राखेर रकम अनियमिता गरेको उहाको कथन रहेको छ । भएको खर्च विबरण मांग गर्दा जानकारी नदिने गरेकोले रकम अनियमिता भएको शंका उब्जेको हो ।
निर्माण सामग्री जत्र तत्र फालिएको छ सीमेन्टको बोरा खराव भएको अवस्थामा रहेको छ । भुई तल्लाको जग निर्माणको कार्य पनि पूरा भएको छैन , फाउंडेशनको कार्य अधुरो रहेको छ तर ७५ लाख रकम खर्च भएको सुनेको पछि आश्चर्यमा परेको स्थानीयहरुको भनाइ रहेको छ ।
विद्यालयको प्राध्यानध्यापक राम एकबाल यादवले कहिले उपभोक्ता समिति गठन गरियो त्यसको जानकारी नभएको प्रतिक्रिया दिएका छन । उनले नमूना विद्यालयको प्रक्रिया पूरा गरे पछि रकम विद्यालयको खातामा आउनु पर्नेमा नगरपालिकाले नै खर्च गरेको बताए ।
७५ लाख जग निर्माण सम्ममा खर्च भएको र ५५ लाख रुपैया पहिलाको ५ कोठे भबनको रंग रोदनमा खर्च भएको सुनिएको बाहेक कुनै यथार्त जानकारीं नभएको बताएका छन । मौलापुर नगरपालिकाको प्रमुख प्रसाशकीय अधिकृत सिकिन्दर प्रसाद साहलाइ पÞmोन गर्दा रिसीव नगरेकोले उपभोक्ता समितिको पदाधिकारीहरुको नामाबली प्राप्त हुन सकेका छैन ।