२३ माघ
रौतहट जिल्लाको राजदेवी नगरपालिकामा आयोजित शिवशक्ति महायज्ञ तथा संगीतमय राम कथा ज्ञान महायज्ञको विहिवार विशाल एवं भव्य कलश शोभा यात्रा संपन्न भएको छ ।
नेपाल भ्रमण वर्ष को आगमन तथा विश्व कल्याणार्थ आयोजना गरिएको महायज्ञ शुक्रवार देखि शुरू हुने छन । रौतहट मै पहिलो पटक हजारौको संख्यामा सहभागिता निकालिएको कलश शोभा यात्रा २५ किलो मिटरको दुरी तय गर्दै यज्ञ स्थलमा पुगेका छन । १ हजार ८ कुवारी कन्या सहभागी भएका कलश शोभा यात्राको विभिन्न ठाउमा भव्य रुपमा स्वागत गरिएको छ ।
२१ वटा घोडा, बैंड बाजा , खुर्दक बाजा , सिंघा बाजा , डीजे साउंड , बोलेरो ,स्कार्पिओ सहित करीव ५ हजारको संख्यामा यज्ञ स्थल ब्रह्मपुरी बाट निकालिएको शोभा यात्रा गौर नगरपालिकामा प्रवेश गर्दा गौर नगरपालिकाका मेयर ,अजय कुमार गुप्ता , प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे ,नेपाल प्रहरीका प्रहरी उपरीक्षक रविराज खडका , सशस्त्र प्रहरी उपरीक्षक रोविनराज कनर्जित , २ नम्बर वड़ाका वड़ा अध्यक्ष राकेश झा , ५ नम्बरका वड़ा अध्यक्ष रामस्वार्थ राय यादव , पूर्व उपप्रमुख महमद इसराइल अंसारी लगायत समाजसेवीहरुको टोलीले स्वागत गर्दै कलश लिएका बालिकाहरुलाई जूस प्रदान गरेका थिए ।
यस अघि राजदेवी नगरपालिका वड़ा नम्बर ८ लक्ष्मीपुर बेलविच्छवामा सर्वात खुवाइएको थियो भने बारहवा तालको पुल पार गरेपछि जयराम मीडिया प्रालि तथा रेड खबरले चिसो पानी खुवाएका थिए । वड़ा नम्बर १ का वड़ा अध्यक्ष भारत साहले आफ्नो वड़ा कार्यालयको अगाडी कलश यात्रालाइ स्वागत गर्दै फ्रूटी प्रदान गरेका थिए ।
क्रांतिद्वार हुदै कवीर चौक पुगेका कलश शोभा यात्रालाइ महतो हार्डबेयरका संचालक बिरेन्द्र महतोले आफ्नो निजी स्रोतबाट कलश सोभा यात्रामा सहभागी भएका सवैलाइ फल फूल स्याऊ , सुन्तला ,अंगूर वितरण गरी मानवीय धर्मको निर्वाह गरेका थिए ।
जय श्री राम , जय शिव शंकरको नारा लगाउदै कलश शोभा यात्रा गौरबाट मुड़वालबा , राजदेवी हुदै बागमती नदीको बांधको बाटो हुदै बागमती नदीबाट जल लिएर यज्ञ स्थलमा पुगेको महायज्ञ समितिका संयोजक नविन कुमार सिंहले जनाएको छ । ५० लाख भन्दा बढी खर्च हुने अनुमान सहित पहिलो चोटी भैरहेको महायज्ञमा ५ लाख भन्दा बढ़ी दर्शनार्थी भक्तजनहरु आउने अनुमान गरिएको नगर प्रमुख धीरेन्द्र कुमार सिंहले बताएका छन ।
बागमती गंगा किनारमा भई रहेको सो महायज्ञमा मौतको कुवा , झुलुवा , जादूगरको खेल लगायत मनोरंजनका साधनहरु उपलब्ध रहेको छ । फाल्गुन ४ गते सम्म चलने महायज्ञमा फागुन १,२,३ गते राजऋषि सुदर्शन जी महाराजको भक्तिमय प्रवचनको कार्यक्रम रहेको समितिले जनाएको छ ।
महायज्ञमा विभिन्न देवी देवताको आकर्षक सुन्दर प्रतिमाहरु समेत राखिएको छ । बाहिरबाट महायज्ञ हेर्न आउने भक्तजनहरुको लागि खाना र बा‘सको समेत प्रवन्ध मिलाएको छ । कलश यात्रामा विद्यालयका विद्यार्थीहरु , शिक्षक शिक्षिका , स्थानीय श्रदालु भक्तजन सहभागी भएपनि नगरपालिकाका उपप्रमुख सहभागी भएका थिएन ।