रौतहट ११ फाल्गुन
रौतहट जिललाको दुर्गा भगवती गाउपालिका वडा न.ं३ देवी पर्सामा गएको माघ २८ गतेका दिन भएको ७० वर्षिय वृद्धको विभत्स हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका मृतकको छोरालाई प्रहरीले आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
श्रीमति सितको अनैतिक सम्वन्धको कारण छोराले बुवाको विभत्स हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसंधानवाट खुलेको पत्रकार ससम्मेलनमा जानकारी गराईएको छ ।
स्थानिय पिप्रा बजारमा किराना पसल संचालन गदै आएका मृतक फेकन पंण्डितलाई निजकै छोरा २६ राजकुमार पंडितले आफनै गोठमा सुतिरहेको अवस्थामा अनुहार , टाउकोमा हथौडा प्रहार गरी धारिलो हतियार गाडासाले काटेर हत्या गरेको प्रहर उपरिक्षक रवी राज खडकाले बताएका छन ।
घटनाको छानवीन गर्नका लागी गठन गरिएको प्रहरी निरिक्षक नवीन कुमार सिंह नेतृतवको टोलीले अनुसंनधानको क्रममा बाबु सित वदला लिने उदेश्यले हत्या गर्ने छोरा राजकुमार पंडितलाई फालगुन ७ गतेका दिन पक्राउ गरेको हो । पक्राउ परेका छोराले वावुको हत्या गरेको स्वीकार गरेको प्रहरी उपरिक्षक खडकाले दावी गरे ।
मृतक र अभियुक्तको श्रीमति विच आपसी बैमनस्यता, कलह रहेको कारण वदला लिने अठोट लिएर घटना घटाएको अनुसंधानवाट खुलेको हो । माघ २७ गते खाना खाएर ९,१० वजे सुत्न गएका आरोपित पंडितले विहान २।३ वजेको समयमा उठेर बावु सुतेको गोठ घरमा गएर रिसको आवेशमा आएर नाला बनाउने मिस्त्रीहरुले राखेको हथौडाले अनुहारमा ४।५ पटक र्हिकाएर घास काटने धारिलो हतियार गाडासाले अनुहार काटेर हत्या गरी घरमा आई कपडा चेन्ज गरी विहान गोठमा गएर बाबुको हत्या भएको हल्ला गरेको प्रहरीले बताए ।
हत्याको खवर अभियुक्तले आफै प्रहरीलाई दिएको थियो । घटनाको अनुसन्धान गर्नलाई मगाइएको तालिम प्राप्त कुकुरले सोही दिन आरोपितको संलग्नता वारे संकेत गरेको प्रहरी उपरिक्षक खडकाले भने घटनाको निष्पक्ष रुपमा छानवीन गरेका छौ अझ केही तथ्यहरु आउन बाकी रहेको छ । मृतकको बुहारीले दिएको जाहेरीको आधारमा मुदा दर्ता गरी रौतहट जिल्ला अदालतवाट ५ दिनको म्याद लिएर थप अनुसन्धानको कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।